समाचार

इलामको सूर्योदय नगरपालिका१० मा नवजात शिशु मृत अवस्थामा भेटियो

राजकुमार दाहाल / फिक्कल 


इलामको सूर्योदय नगरपालिका १० मा नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।

सूर्योदय नगरपालिका वडा न.१० को सिमपानी क्षेत्रमा आज भरखरै जन्मेको जस्तो देखिने नवजात शिशु मृत अवस्थामा फेला परेको हो । आज बिहान करिव १० बजे बिहिबारे हाट भर्न फिक्कल जाने क्रममा स्थानीयले सो सव देखेका थिए ।

मेचि राजमार्गबाट करिव ५० मिटर दुरीमा पर्ने सिमपानी क्षेत्रमा बोटोमा कपडाले बेरेको अवस्थामा सव फेला परेको हो । बाटो हिडनेले देखेपछि स्थानीयलाई खबर गरेकोे र प्रहरी घटना स्थलमा पुगेर हेर्ने क्रममा कपडाले बेरेको अवस्थामा भरखरै जन्मेको जस्तो देखिने बच्चा छोरी रहेको खुलेको हो ।

झट्ट हेर्दा बच्चा पुरै महिना पुगेर जन्मेको जस्तो देखिन्छ हात खुट्टा लगायत शरिरका अगँ सबै राम्रोे छ , बच्चाको टाउकोमा भने सानो चोट जस्तो देखिन्छ । बच्चालाई बेरीएको कपडामा रगत समेत देखिएकोले मरेको बच्चा जन्मेर फालेको हो वा जिउदो बच्चा जन्मेर मारेर फालेको हो यसै भन्ने सकिने अवस्था नभएको प्रहरीको भनाई छ ।
घटना स्थलमा पुग्नु भएका इलाका प्रहरी कार्यलय पशुपतिनगरका प्रहरी निरिक्षक (इन्सपेक्टर) बिष्णु ढकालले घटनाबारे अनुसन्धान भईरहेको र कस्ले बच्चा फालेको हो बच्चाको आमा बुवाबारे कुनै जानकारी नभएको बताउनु भयो । इन्सपेक्टर ढकालले यसबारेमा थप अनुसन्धान गरेर मात्रै घटनाबारे भन्न सकिने बताउनु भयो । यसबारेमा गभिंरताका साथ अनुसन्धान गर्ने इन्सपेक्टर ढकालको भनाई छ ।

मृत बच्चाको सव पोष्टमार्टमको लागि फिकक्ल हस्पिटल लगिएको छ । पोष्टमार्टम पछि बच्चाको आजै सिमपानी क्षेत्रमा अन्तयस्टी गरीने छ ।

वडा न १० का अध्यक्ष पेमा उगेन लामाले बिहान स्थानीयले खबर गरेपछि आफु पनि घटना स्थलमा आएको र बच्चाको सव हेर्दा हृदय िबदारक देखिएको बताउदै यस्तो जघन्य अपराध कस्ले गरको हो प्रहरीले गभिंर अनुसन्धान गर्ने र यस कार्यमा नगरपालिकाले पनि प्रहरीलाई साथ दिने बताउनु भयो ।

घटना स्थलमा भेला भएका स्थानीयले यस्तो घटना कस्ले गर्यो भन्ने बारेमा आफुहरु जानकार नभएको र यो स्थानीय क्षेत्रको नभई कतै बाहिरबाट ल्याएर फालेको हुन सक्ने बताएका छन । यस्तो क्रुर अपराध गर्नेलाई चाडो भन्दा चाडो अनुसन्धान गरेर दोषीलाई कडा सजाय हुनु पर्ने स्थानीय बताउछन ।

अबैध सम्बन्धबाट जन्मिएको बच्चा भएकोले समाजले थाहा पाउने डरले फालेको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Response