शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्दै छ । यो ग्रहण नेपालमा स्पष्ट देखिनेछ । ग्रहण एसिया अफ्रिका र युरोपबाट देखिनेछ ।
वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार शनिबार राति १ बजेर २० मिनेटमा ग्रहण प्रारम्भ हुनेछ भने राति २ बजेट २८ मिनेटमा समाप्त हुनेछ । खण्डग्रास भएकाले चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने उनले बताए ।
उनका अनुसार चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन पर्ने छैन, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिन्छ । नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिनेछ ।
आचार्य अन्तर्राष्ट्रिय प्रकाश वर्ष २०१५ का अध्यक्ष (नेपाल) तथा अमेरिकी खगोल समाजका एस्ट्रो नेपाल अध्यक्ष पनि हुन् ।
चन्द्रग्रहणसम्बन्धी जानकारी
- कात्तिक ११ गते राति १:२० मा ग्रहणको प्रारम्भ हुने र समाप्ति राति २:३८ मा हुने
- चन्द्रमाको पूर्वपट्टिको भाग काटिएको जस्तोमात्रै देखिने
- यो ग्रहण १ घण्टा १८ मिनेटसम्म देख्न सकिने
- नेपालबाट यसपछि २०८१ भदौमा मात्रै चन्द्रग्रहण देखिने
- चन्द्रग्रहण हेर्दा कुनै सावधानी अपनाउन नपर्ने, यसै खुला ठाउँबाट स्पष्ट देख्न सकिने
- शनिबारको कोजाग्रत पूर्णिमाको पूजामा यसले कुनै असर नपार्ने शास्त्रीय निर्णय
- धर्मशास्त्रलाई मान्ने हो भने मिथुन, कर्कट, वृश्चिक, कुम्भ राशिले बाहेक अरुले हेर्न नहुने
ग्रहण फल विभिन्न राशिको
मेष — घात
वृष — हानि
मिथुन — लाभ
कर्कट — सुख
सिंह — माननाश
कन्या — कष्ट
तुला — स्त्रीपीडा
वृश्चिक — सौख्यम
धनु — चिन्ता
मकर — व्यथा
कुम्भ — श्रीप्राप्ति
मीन — क्षति