संघीय निजामती विधेयकको विरोधमा ईलामको माईजोगमाई गाउपालिकामा पनि सरकार विरुद्ध विरोध प्रदर्शन भएको छ । १८ असोजबाट आन्दोलनमा रहेका देशभरका स्थानीय तहका कर्मचारीहरुले पेनडाउन सहित विरोधमा उत्रिएका हुन् । १९ असोजबाट स्थानीय तहहरुमा अत्यावश्यक बाहेकको कामकाज बन्द गरी आन्दोलनमा रहेका छन् ।
माईजोगमाई गाउपालिकामा कार्यरत कर्मचारीहरुले २२ असोजमा गाउपालिका अध्यक्ष कुश बहादुर थेवे उपाध्यक्ष प्रविना राई प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतलाई ध्यानाकर्षण पत्र बुझाउँदै २३ असोजबाट अत्यावश्यक बाहेकका सेवाहरु अनिश्चितकालका लागि बन्द गरेका छन् । स्थानीय तह संघर्ष समिति माईजोगमाईका संयोजक करूणा नेपालको नेतृत्वको कर्मचारीहरुको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
माईजोगमाई गाउपालिकाको अगाडि कालो व्यानरमा आफ्नो मागहरु राखेर शान्तीपुर्ण प्रदर्शन गरेका थिए । स्थानीय तहमा कार्यरत कर्मचारीहरुकोे विषयलाई मन्त्रीपरिषदबाट पारित निजामती विधेकमा नसमेटिएको बताउँदै कर्मचारीहरु सिहदरवार केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरु ८ दिनदेखि काठमाण्डौको माइतीघर मण्डलामा सडक आन्दोलन गर्दै आएका छन् ।