माईजोगमाई गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस
कार्यालयमा लेखा अधिकृत संग अनैतिक क्रियाकलाप गर्ने इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाहीका लागि सिफारिस गर्ने भएको छ ।
गाउँपालिकाले शुक्रबार पत्रकार सम्मेलन गरी गाउँपालिकाको प्रतिष्ठामा आँच आउने क्रियाकलाप गरेको निश्कर्ष निकाल्दै तत्कालिन प्रमुख प्रशासकीय अधिकृत राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने भएको हो ।
गाउँपालिकाको भदौ २१ गतेको निर्णय सार्वजनिक गर्दै कार्यालयमा अनैतिक क्रियाकलाप गर्ने प्रमुख प्रशासकीय अधिकृत राईलाई कानुन बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न मौका दिईने गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए । उनका अनुसार लेखा अधिकृत राईलाई स्पष्टीकरण पेश नभए सम्मका लागि लेखा अधिकृतको जिम्मेवारीबाट हटाउने निर्णय भएको छ ।
गत १९ गते प्रशासकीय अधिकृत काजीमान र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरीएको थियो । भिडियो बाहिरीए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको थियो ।
यो पनि हेर्नुहोला …