अन्तराष्ट्रियराष्ट्रियसमाचार

इलामको कृषि बीज भण्डारको गोदाममा सिलबन्दी

नेपाल सरकारले अनुदानमा किसानलाई उपलब्ध गराएको रासायनिक मल अनुमति नलिई बिक्री वितरण गरेको पाइएपछि इलाम नगरपालिका ७ मा रहेको कृषि बीज भण्डारको गोदाममा जिल्ला प्रशासन कार्यालय इलामले केही बेर अघि सिलबन्दी गरेको छ ।

३ दिनभित्र खरिद बिक्रीको आवश्यक कागजात पेश गर्न जिल्ला प्रशासन ,घरेलु कार्यालय ,कृषि ज्ञान केन्द्र ,कर कार्यालय ,इलाम नगरपालिका सहितको अनुगमन टोलीले यो कृषि बीज भण्डारलाई निर्देशन समेत दिएको छ ।
अनुगमनको क्रममा ३४ बोरा युरिया ,१८ बोरा डिएपी र इन्डियन मल फेला परेको थियो ।

Leave a Response