रोसन भट्टराई / बुद्धशान्ति
नगरपालिकाको गाडीले प्रतिव्यक्ति ४ हजारका दरले भाँडा लिएर यात्रु ओसार पोसार गरेको तथ्य बाहिरिएको छ । शनिबार ताप्लेजुंग स्थित फुङलिङ नगरपालिकाको मेयरको गाडीले टिकटनै काटेर यात्रुहरु ल्याउँदै गर्दा स्थानीय ट्याक्सी व्यवसायीले रोकेर सोधपुछ गरेपछि यस्तो तथ्य बाहिरिएको हो । यस विषयमा नगरपालिकाका मेयर अमिर मादेनलाई सोधपुछ गर्दा गाडी मर्मत गर्न झापा तर्फ पठाएको बताएका छन् । ‘सरकारी गाडीमा टिकट लिएर यात्रु ओसार पोसार गर्नु सरासर गलत हो, म यस गाडीको ड्राइभरलाई कार्वाही गर्छु’ । उनले भने ।
यता आज बिहानै देखि झापा र इलामको सीमा जोरकलशमा यतिबेला विवाद भइरहेको छ । । ट्याक्सी व्यवसायी तथा मजदुरहरुले भाडाँदरको विषयलाई लिएर आन्दोनल गरेका हुन् ।
झापातर्फबाट गएका ट्याक्सीहरू जोर कलसमै रोकेर राखिएको छ भने इलाम, पाँचथर बाट आएका ट्याक्सीहरू पनि रोकेर रोकिएको छ ।