अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

बिद्योदय आधारभूत बिद्यालय नामसालिङमा सनराईज बैंकले प्रदान गर्यो २ थान कम्प्युटर

माईजोगमाई खवर संवाददाता / माईजोगमाई


सनराईज बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम जिल्ला माईजोगमाई गाउपालिका वडा नं ३, नामसालिङ्गको श्री विद्योदय आधारभूत विद्यालयमा प्रभाबकारी शिक्षा संचालनका लागि २ थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

आज आयोजित एक कार्यक्रमका बीच सनराईज बैंक इलाम शाखाका प्रमुख श्री दिनेश शर्मा अधिकारी र कर्मचारी श्री अनन्त नेपालले सो विद्यालयको प्रधानाध्यापक लाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका थिए । उक्त विद्यालयका प्रधानाध्यापकले कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रविधि मैत्री शिक्षा प्रदान गर्नका लागि सो सामाग्रीले मदत पुर्‍याउने जनाउँदै बैंकको सहयोगका लागि धन्यबाद ज्ञापन गर्नुभयो ।

ऊक्त कार्यत्रममा स्थानिय अविभावक, बुद्विजिवी, समाजसेवी , पत्रकार लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।


हालसम्म सनराईज बैंकले देश भरीबाट १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६२ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।

Leave a Response