अन्तराष्ट्रियखेलकुदमाईजोगमाई सेरोफेरोसमाचार

माईजोगमाई अध्यक्ष कपमा ईलाम नगरपालिका बिजयी

माईजोगमाई अध्यक्ष कपको फाईनल खेल ईलाम नगरपालिकाले जित्न सफल भएको हो ।
माईजोगमाई गाउपालिकामा बैसाख १० गतेबाट जारी खेल बैशाख १९ गते समापन भएको हो ।
समापन खेल माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षता तथा संघिय क्षेत्र नम्बर १ का माननीय सांसद महेश बस्नेतको प्रमुख आथित्यता र ईलाम नगरपालिका प्रमुख , उपप्रमुख , फाकफोकथुम गाउपालिका अध्यक्ष उपाध्यक्ष , संदकपुर गाउपालिका उपाध्यक्ष तथा विभिन्न खेल का जिल्ला अध्यक्षहरू माईजोगमाई गउपालिका का वडाध्यक्षहरू कार्यपालिका सदस्य माईजोगमाई गाउपालिका प्रमुख प्रशासकीय अधिकृत जिल्लाका खेलप्रेमीहरू तथा स्थानियको बाक्लो उपस्थितिमा खेल सम्पन्न भएको हो ।
माईजोगमाई गाउपालिका खेलकुद परिषदको आयोजनामा भएको खेलमा ईलामको माईजोगमाई सगै १० वटा पालिकाको सहभागिता रहेको थियो ।

खेलमा ईलाम नगरपालिक र फाकफोकथुम गाउपालिकाले सुरूवाती चरणमा राम्रै खेल देखाएको थियो खेलको पहिलो हाफको २९ मिनेटमा ईलाम नगरपलिकाका जर्सी नम्बर ८ का अर्जुन गुरूङले १ गोल गरेका थिए उनले गरेको गोलले खेललाई थप अगाडि बढाउदै गर्दा दोस्रो हाफको २० मिनेटमा फाकफोकथुमका जर्सी नम्वर ९ का खेल्लाडी प्रविन राईले १ गोल गरेर खेललाई बराबरीमा पुराएका हुन् त्यासपछि दुवै टिमबाट कुनै गोल हुन सकेन । अन्तत: खेल ट्राईब्रेकरमा धकेलियो ।
ट्राईब्रेकरमा फकफोकथुम गाउपालिकाले कुनै गोल गर्न सकेन र ईलाम नगरपालिकाको तर्फबाट३ गोल गर्दै माईजोगमाई गउपालिका अध्यक्ष कपको जित हासिल गर्न सफल भएको थियो ।

खेलको म्यान अफ द म्याच ईलाम नगरपालिकाका बिवेक मगर घोषित भएका छन् ।
खेलभरीका उदयमान खेल्लाडी माईजोगमाईका उज्वल थेवे । सर्वाधिक गोल कर्ता माईजोगमाईका निशान राई । उत्कृष्ठ डिफेन्डर फाकफोकथुमका तारा लिम्बू ।
सर्वोउत्कृष्ठ खेल्लाडी ईलामका बिनोद धमला । उत्कृष्ट गोल रक्षक ईलामका बिवेक मगर घोषित भएका छन् ।

माईजोगमाई गाउँपालिका अध्यक्ष कप आमन्त्रित अन्तरपालिका पुरुष फूटबल प्रतियोगिताको अवसरमा सिरिसे माध्यमिक बिद्यालयका कक्षा १० मा अध्ययनरत छात्रा सनिता राईलाई नगद रु १५१०० र प्रशंसा पत्र सहित गाउपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले पुरस्कृत गर्नुभएको थियो ।
छात्रा सनिता राईले रास्ट्रपति रनिङ शिल्ड जिल्ला स्तरिय १५००/३००० मिटर दौड प्रतियोगितामा २ स्वर्ण र कोशी प्रदेश स्तरिय ३००० मिटर दौड प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी थिन ।

साथै माईजोगमाई गाउपालिकाका खेल्लाडीहरूलाई समेत फाईनल खेलको अवसरमा सम्मान गरिएको थियो ।
खेल सफल पार्नमा सहयोग गर्नुहुने सबैलाई खेल आयोजक समितिले धन्यवाद समेत प्रदान गरेको थियो ।
खेलको सुरूवात देखि फाईनल खेल सम्म प्रत्यक्ष प्रसारणमा सहयोग गर्ने गोल नेपाल र माइजोगमाई खवरलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने अतिथिहरूलाई समेत आयोजकको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।

खेलको आयब्याय पनि केही दिनमा सार्वजनिक गर्ने आयोजकका महेश सापकोटाले जानकारी दिएका छन् ।
फाईनल खेलको बिजेताले नगद रु दुई लाख दश हजार साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेका छन् । उपबिजेता टिमले रु एक लाख बिस हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन् ।
खेल माईजोगमाई गाउपालिकाको केन्द्र नयावजारमा रहेको बालागुरू खेल मैदानमा संचालन भएको हो ।

फोटोको लागि लिंक
https://www.facebook.com/100064777236859/posts/622270459942190/?app=fbl

Leave a Response