जीवन विकास लघुवित्तको आयोजनामा नयाँबजारमा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजारको आयोजनामा संचालित एक दिवसीय अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम आज नयाँबजारमा सम्पन्न भएको छ ।
कार्यक्रम जीवन विकास लघुवित्त वित्तीय संस्था ईलाम जिल्ला प्रमुख राजेश कुमार शाहको अध्यक्षता तथा माईजोगमाई गाउपालिका वडा नं १ का वडाअध्यक्ष याम कुमार कार्कीको प्रमुख आतिथ्यता साथै ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रमुख संस्थाको विभिन्न केन्द्रका सदस्यहरू लगातको उपस्थितिमा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।
आज यसै कार्यक्रमको अवसरमा उक्त संस्थाको केन्द्र नम्बर ६४ को सदस्य बरमति राईको श्रीमानको मृत्यु भएको हिदा उहाको १५०००० ऋण मिनाह गरिएको र काजकिरिया खर्च बापतको रकम रू १०००० समेत आज नै प्रदान गरिएको थियो । साथै सोहि कार्यक्रमको अवसरमा ४ जन सदस्यहरूलाई सुत्केरी खर्च बापतको रू १००० बराबरको सामाग्री समेत प्रदान गरिएको थियो ।
कार्यक्रममा सदस्यको सल्लाह सुझाब संकलन समेत गरिएको थियो भने सदस्यहरूको जिज्ञासालाई पनि संकलन गरिएको थियो । साथै लिएको ऋणलाई सहीठाउमा कसरी सदुपयोग गर्ने लगायतको बिषयमा समेत अन्तरक्रिया भएको थियो ।
जीवन बिकास लघुबित्तको नयाँबजार शाखामा ७९ वटा केन्द्रहरू रहेको र ११७८ जना सदस्यहरू रहेको
जीवन विकास लघुवित्त वित्तीय संस्था शाखा कार्यालय नयाँबजारका शाखा प्रमुख भोजराज खनालले जानकारी दिनुभयो ।।