इलामको सूर्योदयनगरपालिकामा महिलाहरुको क्षमता विकासको लागि उदघोषण तालिम सुरु भएको छ ।
सूर्योदय महिला मञ्चको आयोजना तथा सूर्योदयनगरपालिकाको सहयोगमा सूरुभएको तालिममा नगरका १४ वटै वडाका ४० जनाको सहभागिता रहेको छ ।
शुक्रबार नगरपालिकाको सभाहलमा मञ्चको अध्यक्ष अमृता राईको अध्यक्षता तथा सूर्योदयनगरपालिकाका उपप्रमुख दुर्गा कुमार बरालको प्रमुख आतिथ्यता नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईको बिशेष आतिथ्यतामा तालिमको उद्घाटन भएको थियो । तालिम उद्घाटन समारोहमा सूर्योदयनगरपालिका वडा न ७ का अध्यक्ष लोक बहादुर चाम्लिङ कार्यपालिका सदस्यहरु चित्रकला बराईली लता गौतम अधिकारी लगायतको उपस्थीति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी उपप्रमुख बरालले महिलाहरुको हक अधिकार सुनिश्चित गर्न र महिलाहरुको क्षमता विकास गर्न आवश्यक पर्ने जस्तो सुकै साथ सहयोग गर्न सूर्योदयनगरपालिका तयार रहेको बताउनु भयो । महिलाहरुलाई आत्मनिर्भर बनाउन स्वरोजगार बनाउन बिभिन्न तालिम सिप उत्प्रेरण प्रदान गर्न के कस्ता कार्यक्रम आवश्यक पर्छ भन्ने बारेमा नगरपालिकाले महिलाहरु सगैँ छलफल परामर्ष गरेर कार्यक्रम ल्याउने बताउनु भयो । उहाँले आफना कुरा खुलस्त बाहिर ल्याउन नसके सम्म अधिकार प्राप्ती नहुने भएकोले अधिकार प्राप्तीको पहिलो खुडकीलो उद्घोषण तालिम भएकोले यो आवश्यक भएकोमा जोड दिनु भयो ।
प्रमुख प्रशासकिय अधिकृत भटटराईले महिलाहरुको लागि गरिएको तालिम निक्कै प्रभावकारी हुनेमा आफु आशावादी रहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु महिलाहरुको क्षमता विकासको लागि आवश्यक अरु कार्यक्रमहरु महिलाहरुकै परामर्षमा ल्याउन नगर प्रतिबद्ध रहेको बताउनु भयो ।
वडा न ७ का अध्यक्ष चाम्लिङले तालिम निक्कै प्रभावकारी हुने भएकोले ५ दिनको समय सहि सदुपयोग गरेर आफुलाई अब्बल बनाउन आग्रह गर्नु भयो ।
मञ्चको अध्यक्ष राईले महिला दिदीबहिनीहरुको लागि नगरपालिका सगँ समन्वय गरेर बिभिन्न कार्यक्रम जारी राखेको र आगामी दिनमा पनि महिला लक्ष्ति कार्यक्रमहरु बढिभन्दा बढि ल्याउन नगर सगँ सधै समन्वय गर्ने बताउनु भयो । महिलाहरुकै आग्रहमा तालिम ल्याएकोले तालिम प्रभावकारी बन्नेमा आफुहरु ढुक्क रहेको उहाँको भनाई छ । मञ्चकी सचिव साधाना फागोले सञ्चालन गर्नृ भएको कार्यक्रममा हेममाया प्रधानले स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष बिनु राई लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।
तालिममा सहभागी महिलाहरु तालिममा सहभागी हुन पाउदा निक्कै उत्साहित भएको र तालिमबाट मञ्चमा गएर कुनै डर नमानी आफनो कुरा राख्न सक्ने कार्यक्रम उद्घोषण गर्न सके आफुहरु निक्कै लाभान्वीत हुने बताउछन । ५ दिन सम्म चल्ने तालिमको पत्रकार राजकुमार दहाल कोकिला ढकाल लगायतले सहजिकरण गरिरहनु भएको छ ।(suryodayaaawaj)
add a comment