स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते हुने माईजोगमाई गाउँपालिकामाको निर्वाचनमा माईजोगमाई गाउपालिका २ नं र ३ नं वडामा नेपाली काङ्ग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएकाहरुले फिर्ता लिएका छन् ।
उपाध्यक्षका लागि स्वतन्त्रबाट कमला लेप्चा माइजोगमाई २ बाट मन बहादुर बस्नेत लगायत टिमले वडाध्यक्ष सहित सम्पूर्ण टिमले निर्वाचन कार्यालयमा पुगेर फिर्ता लिएका हुन् । माईजोगमाई २ नं वडा गाउँ कमिटी सम्पूर्ण टिमले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
यस्तै ३ नं वडाबाट दिएको ५ जनाकाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन । पार्टीको निर्णय प्रती असन्तुष्ट जनाउदै पार्टीले आफुखुसी फैसला गरेको भन्दै उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता दिएका थिए । पार्टीको तथा गठबन्धन बिच बसेको छलफलमा गठबन्धनलाई साथ दिने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
उमेरद्वारी फिर्ता भएका उमेरद्वारहरुको नामवाली पनि आज निर्वाचन अधिकृतको कार्यलय माईजोगमाईले प्रकाशन गरेको छ ।