✍️गणेश अर्याल / कोल्बुङ, इलाम
इलामको कोल्बुङमा सञ्चालित पामकोल बचत तथा ऋण सहकारी सस्थाको २६ औ साधारण सभा सम्पन्न भएको छ । सभाले १६ करोड ५२ लाख ९ हजार ३ सय ६ रुपैया बराबरको आर्थिक बिवरण पारित गर्न को साथै आगामी बर्षको लागि बजेट कार्यक्रम पारित गरेको छ । सभामा सहकारी अभियन्ता तथा पामकोल बचत तथा ऋण सहकारी सस्थाका पहिलो अध्यक्ष इन्द्रलाल निरौलालाई सम्मान गरिएको थियो ।
सभालाई सम्बोधन गर्ने क्रममा कार्यक्रमका प्रमुख अथितिको रुपमा उपस्थित रोङ गाउपालिकाका अध्यक्ष मणि कुमार स्याङबोले सहकारीको माध्यमबाट समाज को आर्थिक बिकास हुने बताउनु भएको छ ।
सहकारीका अध्यक्ष गिता प्रसाद घिमिरेको सभापतित्वमा भएको सभामा सस्था का सदस्यहरुको उल्लेखनिय सदस्य रहेको थियो । सहकारीमा हाल १ हजार ५ सय हाराहारीमा सदस्य भएको सस्थाका कार्यालय सहायक गोपाल निरौलाले जानकारी दिनु भएको छ । सभामा सस्थाको गतिबिधी तथा कार्यक्रमहरुलाई ब्यवस्थापक डालिम न्यौपानेले प्रस्तुत गर्नुभएको थियो ।
सहकारीले आगामी आर्थिक बर्ष देखि सामाजिक उत्तरदायित्व अन्तरगत सस्थाको कार्य क्षेत्र भित्र पर्ने माध्यमिक बिद्यालयका बिद्यार्थीृहरुलाई छात्रबृत्ती प्रदान गर्ने भएको छ । पूर्ब अध्यक्ष नेत्रबहादुर राईको स्मृतिमा सो छात्रबृत्ती स्थापना गर्न लागेको सभामा जानकारी गराईएको थियो ।