राजकुमार दाहाल / फिक्कल
इलामको फिक्कल गुप्ती नयाबजार सडक खण्ड कालोपत्रे शुरु भएको छ । सडक कालेपत्रेको काम आज बाट औपचारीक रुपमा शुरु भएको हो । आजबाट प्राईमिङको काम थालिएको छ ।
यस अगाडी देखिनै सडकको बेस ग्राभेल सोलिङ नाली लगायतको काम जारी रहेको थियो । कालोपत्रे गर्नु अगाडीको सबै पुर्वधारको प्रक्रिया पुरा गरेपछि आजबाट कालेपत्रेको लागि काम अगाडी बढाएको निमार्ण कम्पनी खनाल कन्सट्रक्सनका सञ्चालक डिल्लीराम खनालले बताउनु भयो ।
प्रदेश न १ सरकारको लगानीमा फिक्कल बरबोटेबाट नयाँबजार सम्म भ्याट सहित ५३ करोड ८९ लाख ३८ हजार १ सय ४५ रुपैयनमा ठेक्का सम्झौता भएको छ । पहिलो चरणमा ५.८ किलोमिटिर कालोपत्रे गर्ने योजना रहेको खनाल कन्सट्रक्सनका सञ्चालक डिल्लीराम खनालले जानकारी दिनु भयो ।
२०७६ साल मसिंर ६ गते सम्झौता भएर २०७९ साल मसिंर २०गते सम्पन्न गर्नु पर्ने भएको भए पनि कोरोना कहर र निरन्तरको बर्षाले गर्दा समयमै सम्पन्न नभएको भए पनि अब तिब्र गतिमा काम हुने खनाललको भनाई छ । उहाँले गुणष्तरमा १ प्रतिशत पनि सम्झौता नगर्ने प्रतिबद्धता जनाउदै प्रदेश सरकारबाट समयमै बजेट आए ५.८ किलोमिटर मात्र हैन नयाबजार सम्मनै कालोपत्रे गर्ने बताउनु भयो ।
पुर्वधार विकास कार्यलय झापाका इन्जिनियर अमृत कुमार दहालले यो कालोपत्रे डि वि एस टि प्रबिधि अर्थात डबल बिटमिनस सरफेस ब्रेसीन अन्र्तगत गरिने जानकारी दिदै २० एमएम डाउन गिटिको लेयर र त्यपछि फेरी १० एम एम डाउनको गीटिको लेयर गरेर त्यसमा क्यापिङ गरेर काम हुने जानकारी दिनु भयो । उहाँले पुर्वधार विकास कार्यलय झापाका इन्जिनियर सधै निमार्ण क्षेत्रमा रहने जानकारी दिनृुहुदै हाल सम्म गुणस्तरीय काम भईरहेको र अब पनि गुणष्तरीय काम गर्न आफुहरु फिल्डमै रहने बताउनु भयो । उहाँले सुरुमा प्राईमिङको काम गरेपछि कम्तीमा २४ घण्टा छोडनुपर्ने त्यपछि ट्यागकोट गरिने जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार २० एम एम डाउनको गिटीलाई फेरी स्प्रे गरेको २ हप्ता बारबार छोडेपछि १० एम एम डाउनको गिटीलाई फेरी स्प्रे गरेपछि छोडिन्छ र २० एम एम डाउनको गिटीको गिटिमा अर्को गिटी पस्छ र अन्तयमा फिनिसिङ दिएर काम हुने बताउनु भयो ।
सूर्योदयनगरपालिका वडा न १० का अध्यक्ष तथा भौतिक पुर्वाधार विकास समिति सयोंजक पेमा उगेन लामाले बाटो कालोपत्रे हुनु आफैमा राम्रो कार्य भएको बताउदै बाटो निमार्णको कार्य गुणष्तरीय बनाउन नगरपालिका सधै फिल्डमा हुने बताउनु भयो । लामाले बाटोलाई गुणष्तरीय बनाउन प्रदेश सरकार पुर्वाधार विकास कार्यलय झापा र नगरपालिका सहकार्य गरेर अगाडी बढने बताउनु भयो । आम उपभोक्ताले गुणष्तरी बाटो निमार्ण गर्ने काममा ध्यान जानु पर्नेमा जोड दिदै प्रदेश सरकार र नगरपालिकाले गुणष्तर मापन कार्य जारी राख्ने बताउनु भयो ।
सूर्योदयनगरपालिका वडा न ९ का अध्ययक्ष तथा आर्थिक विकास समिति सयोंजक देबेन्द्र शार्माले फिक्कल नयाँबजार बहुउपयोगी सडक कालोपत्रे गर्ने कार्यको लागि निरन्तर प्रयास पहल गर्ने पुर्व प्रधानमन्त्री झलनाथ खनाल ,प्रदेश न १ को संस्कृती पर्यटन मन्त्री तथा इलाम क्षेत्र न १ को क्षेत्र न १ को क बाट प्रदेश सभामा नवनिर्वाचित सांसद खिनु लङवा लिम्बु सूर्योदयनगरपालिका ंप्रमुख रण बहादुर राई माईजोगमाई गाउँपालिका का पुर्व अध्यक्ष जित बहादुर राई प्रदेश र सघँ सरकार सूर्योदयनगर टिम सबैमा धन्यवाद दिनु भयो ।
शर्माले यो सूर्योदयनगरपालिका को लागि मात्र नभएर माईजोगमाई गाउपालिकाको लागि पनि उपयोगी बाटोमा ठेक्का सम्झौता भए पनि कोरोना कहरले देशमा आएको सकंट लगायतको कारण स्रोत सुनिश्चित नहुदा र बर्षा लगायतले बाटोमा क्षति हुदा काम ढिलो भएको भएपनि सबैको अथक प्रयासमा अब काम सुरु भएको ले सबै मिलिेर बाटोलाई निमार्ण सम्पन्न गर्नु पर्नेमा जोड दिनु भयो ।
उहाँले निमार्ण कम्पनी खनाल कन्सट्रक्सन निक्कै क्षमतावान र सक्षम भएकोले पनि अब समयमै गुणष्तरीय काम हुनेमा आशाबादी रहेको बताउनु भयो ।
वडा न १ का अध्यक्ष राज कुमार सेरेङले कालोपत्रे बाटो बन्नु गर्वको कुरा भएकोले अब गुणष्तरीय काम गर्नु मुख्य चुनौति भएकोे र यसकार्यमा सबै लाग्नु पर्नेमा जोड दिनु भयो । फिक्कल नयाँबजार सडक खण्ड कालोपत्रे हुदा धेरै जनताले फाईदा लिन सक्ने र यसबाट जनताको जिवनस्तर समेत माथी उठने बताउनु भयो ।
बाटो कालोपत्रे हुने भएपछि स्थानीय बासी निक्कै हर्षित भएका छन स्थानीय युवराज राईले बाटो राम्रो नहुदा धेरै कष्ट भएको भए पनि अव कालोपत्रे हुदा त खुसीको सिमानै नरहेको बताउनु भयो ।
स्थानिय मणि गुरुङले यो सडक कालोपत्रे हुनु यस भेगका जनताको लागि अतिनै खुशीको कुरा भएको भन्दै यसको पहलकर्ता सबैमा धनयवाद दिनु भयो । उहाँले अब गुणष्तरीय कामको लागि निरन्तर निगरानी राख्न आग्रह गर्नु भयो ।
स्थानिय तोयानाथ महतले बिगतको हिलाम्य सडक हुदाको कस्ट सम्झिदा र अहिले कालोपत्रे हुदै गर्दा त खुशीको सिमानै नभएको बताउनु भयो ।
वडा न ९ का वडा सदस्य बिमल साङपाङले वडाको टिम निरन्तर निगरानीमा रहने बताउनु भयो ।
बाटो राम्रो नहुदा पर्यटकीय सम्भावाना भएरपनि नयाँबजार ओझेलमा पर्दै गएको थियो ।
कालोपत्रेको काम सम्पन्न भए पनि नयाँबजार पर्यटकीय गन्तब्य बन्नेमा दुईमत छैन यस्तै यस क्षेत्रको कृषि उत्पादनले राम्रो मुल्य पाउनको साथै बिरामी हुदा समयमै अस्पताल पुग्न लगायतमा पनि सहज हुनेछ । सडक गुणष्तरीय बनाउन प्रदेश सरकार सगै सूर्योदयनगरपालिका र माईजोगमाई गाउँपालिकाले बिशेष अनुगमन र निगरानी राख्न जरुरी छ ।
हाल फिक्कल नयाँबजार सडक खण्डको फिक्कल पान्दाम सम्म सवारी साधन पुर्ण रुपमा बन्द गरिएको छ । सवारी चलाउदा बाटोमा क्षति पुग्ने भएकोले बाटो निमार्ण अवधिभरी सवारी बन्द गरीएको जनाईएको छ ।