पर्यटनमाईजोगमाई सेरोफेरोसमाचार

होर्मुखोलामा बिश्वकर्मा बाबाको प्रतिमा उद्घाटन


रोशन काफ्ले

आज विश्वकर्मा पुजाको अवसरमा माईजोगमाई १ मा अवस्थित श्री पंचकन्या सिंहदेवी मन्दिर होर्मुखोलामा यातायात व्यबसायिहरुद्वारा निर्मित विश्वकर्माको प्रतिमा उद्घाटन भव्य रुपमा सम्पन्न भएको छ ।

प्रतिमा उद्घाटन कार्यक्रमको अध्यक्षता श्री पंचकन्या सिंहदेवी मन्दिर होर्मुखोला संरक्षण समितिका अध्यक्ष बिनोद कुमार मगरको अध्यक्षता तथा प्रमुख अतिथि माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवे
विशेष अतिथी माईजोगमाई गाउपालिका उपाध्यक्ष प्रविना राई बिशेष अतिथि माईजोगमाई गाउपालिका१ नं वडाका वडाध्यक्ष याम कुमार कार्की समाजसेवी सुर्योदयनगरपालिका १० निवासि कृष्ण सुवेसी इलाका प्रहरी चौकी नयाँबजारका भोला ठाकुर स्थानिय समाजसेवी पत्रकार लगायतको आथित्यतामा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सुर्योदय निवासी युवा सामाजिक व्यक्ती विकास सुवेदिले विश्वकर्माको प्रतिमा आफ्नो निजि खर्चमा ल्याएको साथै स्थानिय सामाजिक व्यक्ती दिल बहादुर पहरिको विशेष लगानी साथै अन्यले मुर्ती राख्ने भवन निर्माण गरेको समितिले जनाएको छ । अझ सहयोग बढदै गएको र विश्वकर्माको मन्दिर अब पूर्ण रुपमा बनिनेमा आफू ढुक्क रहेको सुवेदिले बताए साथै सार्वजनिक ठाउमा इलाम जिल्लामा दोस्रो विश्वकर्माको मुर्ती समेत रहेको बताए ।
यस्तै समाजसेवी कृष्ण सुवेदिले सबै व्यवसायी मिलेर यसलाई थप मजबुत बनाउन लाग्नु पर्ने बताए ।

कार्यक्रममा बोल्दै माइजोगमाई गाउपालिका १ का वडाध्यक्ष याम कुमार कार्कीले मन्दिरको उत्थानका लागि गाउपालिकाले बजेट बिनियोजन गरेको र त्यसले थप कार्य गर्न सहयोग पुग्ने साथै वडाबाट पनि आगामी दिनमा सहयोग गर्ने बताए । कार्यक्रममा बोल्दै गौउपालिका उपाध्यक्ष प्रविना राइले आउने दिनमा आफ्नो व्यक्तिगत तथा पालिकाले पनि यो मन्दिर निर्माणमा सहयोग गर्दै लाने बताइन ।

कार्यक्रमको प्रमुख अथिती तथा माईजोगमाईगाउपालिका अध्यक्ष कुश बहादुर थेवेले विश्वकर्मा मन्दिरको उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए , यो बर्ष पनि पालिकाले केही बजेट बिनियोजन गरेको र आगामी दिनमा समेत पालिकाले थप बजेट दिने बताए । संस्कार र संस्कृतिको प्रवर्द्धन गरेर मठ मन्दिर गुम्वा लगायतका कार्यहरुलाई स्थान दिएर पर्यटनको क्षेत्रमा समेत अगाडि बढन सकिने अध्यक्ष थेवेले बताए ।

यस्तै कार्यक्रममा मन्दिर संरक्षण समितिले मन्दिरमा पहिल्यैदेखी सहयोग गर्ने ५ जनालाई सम्मान गरेको छ सम्मान हुनेहरुमा माईजोगमाई १ नयाँबजार निवासी
लाक्पा छिरिङ्ग शेर्पा माईजोगमाई १ लप्सिबोटे निवासी शालिग्राम पौडेल गुप्तिका छत्रमणी पौडेल लप्सिबोटेका टेक प्रसाद पौडेल र स्वर्गीय दिलमाया राईको परिवारलाई सम्मान गरेको छ । सम्मान कार्यक्रमका प्रमुख अथिती तथा विशेष अथितिहरुले सम्मान गरेका हुन ।
कार्यक्रमको स्वागत मन्तव्य संरक्षण समितिका सह सचिव तिर्थ अधिकारिले गरे भने संचालन मन्दिर संरक्षण समितिका सचिव घनश्याम निरौलाले गरेका छन ।

Leave a Response