कला तथा मनोरन्जन

साउने सक्रान्ति – गजल

✍️ ढाकानाथ खतिवडा / माईजोगमाई

साउन लाग्यो मेहेन्दी चुरा लाली देउन् कान्छा
रिचार्ज छैन माेबाइलमा हाली देउन् कान्छा ।

साडी चाेलाे साथमा लगाई मन्दिरमा आउला
बहुत राम्री भइछाै भनि ताली देउन् कान्छा ।

म जुटाउला सामान सबै सक्रान्तिकाे साँझमा
चारै सुरमा साउने लुताे फाली देउन् कान्छा ।

मनका इच्छा अपुरा छन् अधुरै छन सपना
तिनै सपना साथमा लगि पाली देउन् कान्छा ।

मलाई महंगो जीवन र सामान चाहिदैन
अटुट माया सँगै सिन्दुर खाली देउन् कान्छा ।।

Leave a Response