
लाेकप्रिय टुङ्ना बादक तथा गायिका फुटी शेर्पा राष्ट्रिय युवा प्रतिभा सम्मान २०८२ ले सम्मानित भएकी छिन् ।
काठमाडौकाे प्रज्ञाप्रतिष्ठानमा शनिबार सम्पन्न बरिष्ठ गीतकार बुद्धवीर लामा विशेष एकल साँझ “बुद्धवीर लामा गीतिमय सांगीतिक साँझ”काे शुभ अवसरमा प्रयास मञ्च नेपालले शेर्पालाई प्रभावशाली प्रतिभाकाे रुपमा छनाैट गरि पुरस्कारबाट सम्मान गरिएको थियोे ।
शेर्पाले नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतकाे सिलिगुडीमा सम्पन्न इन्टरनेशनल हिमालयन ईथिनिक सिङगिङ च्याम्पियनसिपमा पनि नेपालकाे प्रतिनिधित्व गरेर द्वितीय हुन सफल भएकी थिइन । फुटी शेर्पा विशेषगरी हिमाली क्षेत्रकाे बाजाहरुकाे रानीकाे रुपमा लिईने टुङ्ना बादनले आफुलाई कला साँस्कृतिक क्षेत्रमा प्रमाणित गर्दै आएकाे देखिन्छ ।
माईजोगमाई ६ प्याङ निवासी फुटीले महत्त्वपूर्ण पुरस्कार प्रदान गरेकाेमा आयाेजक समुह प्रति कृतज्ञता प्रकट गरेकी छिन् ।





