अन्तराष्ट्रियसमाचार

ठगिए रोङ गाउपालिका वाड ३ मजुवा का सुनिल आले

ज्ञानु भट्टराई /इलाम

रोङ गाउपालिका वाड ३ मजुवा का सुनिल आले मगरलाई आफूँ आर्मी हुँ, घर पाँचथर हो र नाम अनमोल लामा हो भन्ने एक अपरिचित व्यक्तिले बुधबार बुधबारेमा ठगी गरेका छन् ।
ति अपरिचित व्यक्ति बुद्धशान्तिकै एक रिकन्डीसनमा आइ मोटरसाइकल खरिद गर्ने इच्छा देखाए पछि रिकन्डिसनको मान्छेले ति अपरिचत र सुनिलको सम्पर्क तथा भेटघाट गराइदिन्छन् । आफूलाई आर्मी बताउने ति अपरिचितको कुरालाई सुनिल सजिलै विश्वास गर्छन् । उनीहरु बुधबारेकै एक होटलमा बासी मोटरसाइकलको दाम पनि निश्चित गर्छन् । सुनिलको उक्त मोटरसाईकल १ लाख ७० हजारमा खरिद बिक्री गर्ने भनी ति अपरिचिति र सुनिलको गफ हुन्छ । रकममा कुरा मिलेपछि ति अपरिचितिले सुनिललाई बिर्तामोड स्थित सिभिल बैंकको चेक दिन खोज्छन् तर सुनिलले क्यासमानै कारोबार गरौँ भने पनि ति अपरिचित र सुनिल रकम निकाल्न भनी त्यही एनएस बाइकमा चढि बिर्तामोड हुइक्न्छन् ।


बिर्तामोड जाने क्रमममा धाइजन चौक छेउमा पुगेपछि ति अपरिचतलाई एक युवतीको फोन आउँछ । ति अपरिचितले फोन गर्ने युवती आफ्नो प्रेमीका रहेको र उनी अलिक तल घरमा रहेको लेउनलाई बाटो सम्म ल्यादिनुपर्ने भएको भनी सुनिललाई बाइकबाट धाइजनमा आराल्छन् । आफूँ केही मिनेटमा आइहाल्ने भएकोले तपाई यहीँ बसी रहनुहोस् म आएपछि तपाई र म बिर्तामोड जानुपर्छ भनी अपरिचित त्यहाँबाट कालिझोडा गाउँ तर्फ लाग्छन् ।

यता सुनिल ति अपरिचित आउँछन् र बिर्तामोड जाउँला भनी ३ घन्टा सम्म पर्खन्छन् र ति अपरिचित नआएपनि उनलाई आफूँ ठगिएको महशुष भएको बताए ।
सुनिलले इलाका प्रहरी कार्यालय बुद्धशान्तिमा यस विषयमा जानकारी गराइसकेका छन् । इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज अशोक कोइरालाले पनि आफूँहरु मोटरसाइकल खोज्न लागि परेको जानकारी गराएका छन् ।

सुनिलले आफ्नो मे ९ प ५१०० नम्बरको कालो रंगको मोटरसाइकल कहीँ कतै देखे नजिकको प्रहरी कार्यालयमा वा आफ्नो ९७४२२७७४४६ नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध गर्दै यस्तो क्रियाकलाप गर्ने ठगको गिरोह संग सचेत रहन आग्रह समेत गरेका छन् ।

Leave a Response