राष्ट्रियसमाचार

अहिले मुख्य रुपमा उठेको चियाको समस्यालाई कुनै पनि हालतमा समाधान गरिने छ – नवनिर्वाचित मेयर राई

इलाामको सूर्योदयनगरपालिकाका नवनिर्वाचित मेयर रण बहादुर राईले अहिले मुख्य रुपमा उठेको चियाको समस्यालाई कुनै पनि हालतमा समाधान गरिने बताउनु भएको छ । पदभार ग्रहण गरेपछि आफनो पहिलो ध्यान चिया क्षेत्रमा जाने बताउनु भयो ।

नेकपा एकिकृत समाजबादीले सूर्योदयनगरपालिकामा गरेको बिजय सभालाई सम्बोधन गर्दै मेयर राईले एकैबोट चिया नरोप्नेहरुले फिजाएको हल्ला हो की चिया किसानको वास्तविक समस्या हो भन्नेबारे किसानको घरघरमा गएर विशेष अनुसान्धान गरीने र कहाँबाट चियामा समस्या आयो पहिचान गरी चियाको समस्यालाई जरैबाट समाधान खोजिने प्रष्ट पार्नु भयो ।

चिया सम्बन्धी नगरले निमार्ण गरेको कार्यबिधी कार्यन्वयन र चियाको न्यूनतम मुल्य लागु गर्ने काम आफनो पहिलो प्रथामिक्ता भएको बताउनु भयो । सबैको साथमा चिया समस्या दिगो समाधान तर्फ केन्द्रीत रहने र चियाको अन्तराष्ट्रीय बजारमा ध्यान दिने राईको भनाई छ ।
फिक्कलमा निमार्णधित हस्पिटललाई चाडै ५० बेडको बनाएर आफनै कार्यकालमा सञ्चालनमा ल्याउने कन्याममा निमाणर्नधिन टि टेस्टीङ हाउस लाई समयमै पुर्णता दिने ,नगरको खानेपानी समस्या समाधानको लागि माईजोगमाइ गाउँपालिकाबाट ल्याउने गरी ६६ करोड बढीको योजनाको काम सम्पन्न गर्ने ,पशुपालक किसानको मुख्य समस्याको रुपमा रहेको पशुमा देखिने खोरेत रोग बिरुद्ध कदम चालेर खोरेत रोग मुक्त नगर निमार्ण गरीने ,कर्फोक मा वि फिक्कल मा वि लगायतलाई नमुनाको रुपमा सञ्चालन गर्दै राम्रो उच्च शिक्षाको लागि नगर बाहिर जानु पर्ने समस्याको अन्त्य गरीने पर्यटकीय नगरी सूर्योदयनगरपालिकालाई पर्यटन क्षेत्रमा देशकै नमुना बनाउने लक्ष्यका साथ यस अगाडी थालेको कामहरु बिशेष प्राथामिक्ताका साथ सम्पन्न गरीने , दमकमा बन्दै गरेको बालअस्पतालमा सूर्योदयनगरपालिकामा रहेका बिपन्न बालबालिकाको निशुल्क उपचार गर्ने सम्झौता भएको र त्यसलाई यसै बर्ष कार्यन्वयन गरीने बताउनु भयो ।

नवर्निाचित मेयर राईले नगरमा भ्रष्टचार लाई शुन्यमा राखिरहन सबै मिलेर एक जुट हुने नगरमा कार्यपालिका वा अरु फोरममा कस्ले के बोल्यो के कुरा उठायो. के काम गरिरहेको छ भन्ने बारेमा फिक्कल चोक बजारमा डिजिटल बोर्ड राखेर सबैलाई जानकारी दिने बताउनु भयो । नगरबासीले अब घरमै बसेर नगरको सेवा लिन सक्ने गरी आधुनि प्रविधिको विकासमा नगर लागि सकेको बताउनु भयो । आगामी ५ बर्षमा नगरको कृषिको उन्नती ग्रामिण बिवकास शिक्षा स्वास्थ्य खेलकुद सबै क्षेत्रमा बिशेष ध्यान दिने बताउनु भयो ।

बिजय पछि आफना मतदातालाई धन्यवाद दिदै मेयरराईले मतदाताले विश्वास गरेर मत हालेकोले मतदाताको त्यो विश्वासलाई कुनैपनि हालतमा घात हुन नदिने उद्घोष गर्दै मेयर राइले एमालेबाट बिद्रोह गरेको ७ महिनामै नगरमा आफुहरुको उपस्थीति शसक्त भएको र आगामी ५ बर्ष पछिको चुनावमा नेकपा एसले १४ वटा वडामा बिजय हासिल गर्ने दावी गर्नु भयो । नेकपा एसको तर्फबाट वाड नम्बर ४ मा शरण राई वडा न ६ मा शिव कुमार बस्नेत वाड न ९ मा देबेन्द्र शर्मा वडा नम्बर १० मा पेमा उगेन लामा र वडा न १२ मा डोलेन्द्र भाद्धवज निर्वाचित हुनु भएको छ । यस्तै केहि वडाहरुरुमा वडा सदस्य पनि निर्वाचित छन । नेपाली काग्रेसले ७ वटा वडामा वाड अध्यक्ष जितेको छ भने नेकपा एमालेले २ वटा वडामा वडा अध्यक्ष जितेको छ ।
आफुले प्राप्त गरेको मत अपेक्षाकृत रुपमा कम भएको तर्फ सकेंत गर्दै राईले ७ महिनामा पाएको उपल्ब्धी निक्कै सक्रात्मक भएको र गठबन्धनबाट अपेक्षाकृत मत आयो कि आएन भन्नेबारे सार्वजानिक मञ्च मा नबोल्ने अहिले बाहिर देखिसकिएको छ यसबारे पार्टी भित्र र गठबन्धन भित्र बिशेष छलफल गरेर अगाडी बढने बताउनु भयो ।
नवनिर्वाचित उपमेयर दर्गा कुमार बराल र आफु बिच चुनाबको बेला पनि सहयोग आदानप्रदान भएको र अबको कार्यकालमा पनि साथ र सहकार्यका साथनै अगाडी बढने मेर राईले बताउनु भयो ।

नेकपा एकिकृत समाजबादीका नगर अध्यक्ष कमल गदालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एकिकृत समाजबादीका केन्द्रीय सदस्य तथा प्रदेश नम्बर १ को संस्कृति पर्यटन मन्त्री खिनु लङवा लिम्बुले पार्टी निमार्णको छोटो समयमा नेकपा एसको यो एतिहासिक उपलब्धी भएको बताउदै निर्वाचित सबै जनप्रतिनिधिह्ररुलाई जनताको अपेक्षालाई हृदयमा राखेर काम गर्न आग्रह गर्नु भयो । नेकपा एसका जिल्ला अध्यक्ष भक्त केसीले इलाममा गठबन्धन कतिको सफल भयो भएन भन्ने बारे पार्टीमा र गठबन्धनमा छलफल गरीने जानकारी दिदै जनताको विश्वासलाई घात हुन नदिन सचेत भएर काम गर्न आग्रह गर्नु भयो ।
नवनिर्वाचित अध्यक्षहरुको तर्फबाट बोल्दै सूर्योदयनगरपालिका वाड न १० का वडा अध्यक्ष पेम उगेन लामाले आफु र आफना पार्टीका उम्मेद्धारहरुलाई मत दिने सबैलाई धन्यवाद दिनु भयो । बिजय हुने र पराजय हुने सबैको मत हेर्दा नेकपा एसको अधिकाश उम्मेद्धारको बिजय भए जतिकै मत आएको भन्दै लामाले चिया समस्या नगरको वडाको विकास नगरले यसअगाडी थालेका योजना लगायत नया योजना कार्यन्वयनको लागि सबै एक भएर काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।

कार्यक्रममा नेकपा एसका केन्द्रीय सदस्य दिपक पौडेल लगायतले मबनतब्य राख्नु भएको थियो भने बिभिन्न कलाकारहरुले आफना प्रस्तुति पनि दिएका थिए कार्यक्रम नेकपा एसका नेता ल्याकेल लामाले सञ्चालन गर्नु भएको थियो । (रेडियो फिक्कल)

Leave a Response