इलामको रोङ गाउपालिकाका सबै वडामा मतदान केन्द्रमा मतदान भइरहेको छ । बिहान ७ बजे बाट सूरु भएको मतदान अहिले धमाधम जारी रहेको छ । मतदानको लागि गाउ गाउ बाट उत्साहका साथ मतदाताहरु मतदान केन्द्र तिर आउदै गरेको दृष्य देखिन्छ । कुनै पनि केन्द्रमा हाल सम्म कुनै समस्या नभइकन मतदान जारी रहेको निर्बाचन अधिकृतको कार्यालय रोङको निर्बाचन अधिकृत उषा श्रेष्ठले बताउनु भएको छ । रोङ गाउपालिकामा १५ स्थानमा २२ वटा मतदान केन्द्र रहेका छन् । कुल १५ हजार ३३ जना मतदाता मध्ये पुरुष मतदाताको सख्या ७ हजार ८ सय ८४ र महिला मतदाताको सख्या ७ हजार १ सय ४९ जना रहेका छन् ।
यसै बिच रोङ ३ को कोल्बुङ स्थीत गाउपालिका मतदान स्थलमा मतदान गर्न आउने मतदाताहरुलाई राजनितिक दलले आफुतिर प्रभाबित पार्न खाजाको कुपन बितरण गरिरहेका छन् । नेपाली काग्रेस एमाले र माओबादी केन्द्रले कुपन बितरण गरेको पाइयो । कुपनमा स्वयसेवक हरुको लागि नास्ता कुपन भनी लेखिए पनि मतदाताहरुलाई बितरण गरिहरेका छन् । भोट लगाएर आउनु अनि यो कुपन लिएर त्यो पसलमा जानु भनी खुलेआम दलका कार्यकर्ताहरुले कुपन बाडीरहेका छन् ।