बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ । माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँबजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो ।
निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए । मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहेका छन् ।
सो केन्द्रको सुरक्षामा समेत महिला प्रहरीको कमाण्डामा राखिएको छ । असई कमला लिङदमको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ । सो केन्द्रमा ८६८ मतदाता रहेका छन् ।(लोकल सन्देश )
add a comment