अन्तराष्ट्रियमाईजोगमाई सेरोफेरोराजनितिराष्ट्रियसमाचार

माईजोगमाईमा अध्यक्षमा ४ उपाध्यक्षमा ३ र ६ वडाध्यक्षका लागि १७ जनाको मनोनयन दर्ता

रोशन काफ्ले / माईजोगमाई

माईजोगमाई गाउपालिकामा आज मनोनय दर्ता सम्पन्न भएको छ । स्थानिय निर्वाचन २०७९ बैशाख ३० मा हुन गैरहेको स्थानिय चुनाबमा हिजो र आज २ दिन मनोनयन दर्ता भएको थियो । मनोनयन दर्तामा नेकपा एमाले , ५ दलिय गठबन्धन ( नेपाली काङ्ग्रेस , नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी ) राप्रपा तथा एक जना स्वतन्त्रबाट गाउपालिका अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन । अध्यक्षमा नेकपा एमालेबाट कुश बहादुर थेबे तथा उपाध्यक्ष सावित्रा देवि भट्टराई गठबन्धनबाट अध्यक्षमा नि वर्तमान गाउपालिका अध्यक्ष तथा नेकपा एसबाट जित बहादुर राई उपाध्यक्षमा नेपाली काङ्ग्रेसबाट प्रबिना राई राप्रपा बाट कुन्दन पौडेल र स्वतन्त्रबाट बेनुप बिक्रम तामाङ्गले उम्मेदवारी दर्ता गराएका हुन । माईजोगमाई गाउपालिकामा अध्यक्ष पदमा जम्मा ४ वटा उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा नेकपा एमाले गठबन्धन र एक जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार माईजोगमाई २ कि कमला लेप्चाले उम्मेदवारी दिएकी छन । यस्तै वडाध्यक्षहरुमा एमालेबाट १ नं मा निवर्तमान वडाध्यक्ष याम कार्की गठबन्धनबाट नेपाली काङ्ग्रेसका टेक बहादुर शाह र पदम भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन । २ नं मा गठबन्धनबाट नेपाली कङ्ग्रेसका निवर्तमान वडाध्यक्ष डम्बर बहादुर सुवेदी एमालेबाट गणेश सुबेदिले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन भने २ नं वडा बाट स्वतन्त्र उम्मेदवारी मन बस्नेतको प्यानलले दिएको छ । ३ नं मा एमालेको तर्फबाट वीर बहादुर देवान गठबन्धनबाट काङ्ग्रेसका राम घिमिरे र स्वतन्त्रबाट बसुदा मोक्तान प्रधान सहित टिमले वडाध्यक्ष सहित पदमा उम्मेदवारी दिएका छन । त्यस्तै ४ नं वडामा गठबन्धनबाट नेपाली काङ्ग्रेसका सुरेस भट्टराई एमालेबाट दुरन देवान चयन भएका छन , वडा नं ५ बाट एमालेमा निर्मल राई तथा गठबन्धनबाट नेपाली काङ्ग्रेसका बेद प्रसाद चापागाई चुनिएका छन । वडा नं ६ मा एमाले तर्फबाट वडाध्यक्षमा दिपेश सोङ्मी भने गठबंधनबाट नेपाली काङ्ग्रेसका भोगेन्द्र थेबे चयन भएका छन । नेकपा एमालेले हिजो मनोनयन दर्ता गरायो भने गठबन्धन तथा अन्य दलले आज मनोनयन दर्ता गराएका छन । एमालेले पालिका भरी सवै पदमा जम्मा ३२ वटा उम्मेदवारी दर्ता गराएको छ भने गठबन्धनबाट पनि ३२ राप्रपाबाट १ र स्वतन्त्र बाट १२ गरि जम्मा ७७ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएको माईजोगमाई निर्वाचन अधिकृत प्रेम कुमार काफ्लेले जानकारी दिए । माईजोगमाई गाउपालिकामा जम्मा मतदान केन्द्र २०वटा र मतदान स्थल ११ वटा रहेको छ भने गाउँपालिकामा ७ हजार ७३८ महिला र ८ हजार ८२८ पुरुष गरि जम्मा १६ हजार ५६६ मतदाता संख्या रहेको निर्वाचन आयोगले जनाएको छ । साथै आजै पुन दोहोरिने जनप्रतिनिधिहरुले माईजोगमाई गाउपालिका प्रमुख प्रसासकिय अधिकृत भागवत प्रसाद रेग्मी समक्ष राजिनामा दिएका छन ।

Leave a Response