सुचनाको हक प्रभावकारी कार्यान्वयनका लागि जिल्ला प्रशासन इलामको अगुवाईमा सुचना अधिकारीसँग अन्तरक्रिया
सार्वजनिक निकायबाट दिइने सुचनाबाट कसैलाई पनि बञ्चित गर्न नपाइने इलाम सदरमुकाममा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीले बताएका छन् । सुचनाको हक पूर्ण प्रत्याभूत गराउन सरकारी तथा गैरसरकारी कार्यालय, स्थानीय सरकारदेखि सबै कटिबद्ध हुनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
इलाम जिल्लामा रहेका सरकारी कार्यालय सहित स्थानीय सरकारबाट दिइने सुचनाहरु नगरीक तथा सञ्चारकर्मीले पूर्ण रुपमा पाइनरहेको र सबै निकायमा सुचना अधिकारी तोकिएपनि उनीहरुले जिम्मेवारीपूर्वक काम नगरीरहेकोले उनीहरुलाई पूर्ण जिम्मेवारी बनाउन र सुचनाहरु प्रबाह गर्ने वाताबरण बनाउने उदेश्यले सुचना अधिकारी र सञ्चारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।
सो कार्यक्रममा सञ्चारकर्मीले कतिपय कार्यलयमा सुचना अधिकारी तोकिएपनि उनीहरुले आफनो जिम्मेवारी गर्न नसकिरहेको गुनासो गरेका थिए । पत्रकार महासंघका प्रदेश १ उपाध्यक्ष सोमनाथ सुसेलीले कार्यलयले सुचना अधिकारी तोकेपछि उसलाई सुचना प्रवाह गर्ने सम्पूर्ण अधिकार भएपनि तर सुचना माग्ने क्रममा उनीहरुले हाकिमको, अध्यक्षको अनुमति लिनुपर्छ भन्दै पन्छिने गरेकाले समयमा सुचना पाउन नसकिने समस्या रहेको र यसले नागरीकमा सञ्चार माध्यम मार्फत जति सुचना प्रबाह गर्नुपर्ने हो त्यति गर्न नसकिरहेको बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसिराम सेडाइँले सुचना अधिकारी सचेत भएर आफ्नो काममा लाग्नुपर्ने बताए । सुचना अधिकारी तोकिएपछि आफ्नो कार्यलयमा भएका सबै कुराको जानकारी राख्न आग्रह गर्दै सञ्चार जगत तथा नागरीकले मागेका सुचनाहरु दिनसक्ने सम्मका सुचनाहरु तत्काल दिनका लागि सुचना अधिकारीहरुलाई निर्देशन समेत दिनुभयो । कार्यक्रममा सहभागि केही सुचना अधिकारीले सुचना अधिकारी तोकेपनि सबै बिषयमा जानकारी नहुने र सम्बन्धित शाखासंग जानकारी लिएर सुचना दिने क्रममा ढिलाई हुने गरेको बताएका थिए ।
यसक्रममा जिल्ला प्रशासन कार्यालयले इलाम जिल्लामा सेवा प्रवाह गर्ने सार्वजनिक निकायहरुको स्थितीका बारेमा पुस्तक समेत यसअघि नै सार्वजनिक गरेको छ । सार्वजनिक निकायहरुले ३÷३ महिनामा आफनो संस्थाको स्थिती सार्वजनिक गर्नुपर्ने लगायतका कार्यहरु गर्नुपर्ने भएपनि कतिपयले नगरेकाले उनीहरुलाई जिम्मेवारी बनाउन पनि यस कार्यक्रमको आयोजना गरेकोप्रमुख जिल्ला अधिकारी तुलसिराम सेडाइँले बताए । उनले सुचना अधिकारीहरुलाई सुचना प्रबिधिलाई आधुनीकिकरणले बिकास गरेर लैजान समेत सुझाव दिए ।
जिल्लाका सार्वजनिक निकायका सुचना अधिकारीहरु एकै स्थानमा बसेर अन्तरक्रिया भएको जिल्लामै पहिलो पटक भएकाले यस कार्यक्रमले सुचना हक सम्बन्धि कानुन कार्यान्वयनमा सहज हुने संचारकर्मीहरुले बताएका थिए । कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय सदस्य सटेन्द्र जवेगु, महासंघका इलाम शाखा उपाध्यक्ष सुजन तिम्सिना, सचिब ख्याम भुजेल लगायतले पनि सुचनाको हकको कार्यन्वयन सार्वजनिक निकायबाट चाँडो र बिस्तृत रुपमा पाउन प्रविधिगत समस्या रहेको बताएका थिए ।