समाचार

माईवेनीमा कृषि प्रदर्शनी : ६ बिधामा पुरस्कार

✍️ रोशन काफ्ले / माईजोगमाई

माईजोगमाई गाउँपालिकाको सहयोग तथा कृषि शाखा माईजोगमाईको आयोजनामा माईबेनीमा हिजो प्रतियोगितात्मक कृषि प्रदर्शनी कार्यक्रम सम्पन्न गरिएको छ । खुल्ला रुपमा आयोजना गरिएको प्रतियोगितात्मक कृषि प्रदर्शनीमा ६ विधामा कृषि सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो ।

कृषि प्रदर्शनीमा नगदे वाली , कन्दमुल , खाद्यान्न तथा दलहन , फलफूल , रैथाने र तरकारी गरि ६ विद्यामा राखिएको प्रदर्शनीमा सहभागीहरुलाई खुल्ला रुपमा कृषिका सामाग्रीहरु प्रदर्शनीमा राखिएको थियो । उक्त प्रतियोगितात्मक कृषि प्रर्दशनीमा जम्मा ८३ जना सहभागीले कृषिका सामाग्रीहरु पर्दर्शनीमा राखेका कृषि शाखा माईजोगमाई प्रमुख उषा प्रधानले जानकारी दिईन ।

माईजोगमाईमै पहिलो पटक सहभागिहरु सम्पूर्णलाई प्रमाणपत्र र कृषि औजारका सामाग्रीहरु वितरण गरिएको माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईले बताईन । सहभागी मध्ये पनि उत्कृष्ट हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो । पुरस्कार पाउनेहरुमा नगदेवाली तर्फ माईजोगमाई ३ का टीका आचार्य (अदुवा ) प्रथम ,माईजोगमाई ५ का तेज बहादुर लिम्बू (उखु ) द्वितीय , इलामनगरपालिका ५ का टेक प्रसाद लम्साल तृतिय भए भने माईजोगमाई ४ का देव विष्ट सान्त्वना भए । यस्तै कन्दमुल तर्फ माईजोगमाई ४ का नेत्र विष्ट प्रथम , सोही ठाउँकै भक्त देवान दोस्रो , माईजोगमाई ५ का गोविन्द संजेल तेस्रो र इलाम नगरपालीका ८ का योगेश आचार्य सान्त्वना घोषित भए ।

खाद्यान्न तर्फ भने इलाम नगरपालीका ८ का रिस्ता ढकाल ,बिन्दा आचार्य , रविन आचार्य र हेमा देवि आचार्य क्रमशः प्रथम , द्वितीय , तृतीय र सान्त्वना भए । यता फलफूल तर्फ माईजोगमाई ४ का सन्तोष तामाङ प्रथम , माईजोगमाई ४ कै शुक्रध्वज लिम्बू दोस्रो , इलाम नगरपालिका ८ का मोहन बहादुर बानिया तेस्रो र माईजोगमाई ४ का अमित लिम्बू सान्त्वना भए ।रैथाने तर्फ माईजोगमाई २ का सुरेन खड्का , इलाम नगरपालीका ८ का रिस्ता ढकाल र सोही ठाउँकै रुपेश आचार्य प्रथम , दोस्रो र तेस्रो बने । त्यस्तै तरकारी तर्फ इलाम नगरपालिका १० का दिनेश अधिकारी प्रथम,सोही ठाउँका बेद प्रसाद अधिकारी दोस्रो माईजोगमाई ४ कि लक्ष्मी लिम्बू तेस्रो इलाम नगरपालिका ४ का टेक कुमार रिजाल र माईजोगमाई ४ का पूर्ण बहादुर लिम्बू सान्त्वना भए ।

हरेक विद्यामा पुरस्कार पाउने सम्पूर्ण कृषकहरुलाई स्प्रे ट्यांकी , हजारी लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । माईजोगमाई गाउँपालिका अध्यक्ष कुश वहादुर थेवे , उपाध्यक्ष प्रविना राई, २ नं वडाका वडाध्यक्ष डम्बर बहादुर सुवेदी , ४ नं वडाका वडाध्यक्ष डुरन देवान , वडा नं ५ का वडाध्यक्ष निर्मलध्बज राई कार्यपालिका सदस्यहरू कृषि ज्ञान केन्द्र ईलामका कर्मचारीहरू  लगायतले पुरस्कार वितरण गरेका थिए ।

Leave a Response