माईजोगमाई सेरोफेरोशिक्षा / स्वस्थ्यसमाचार

नामसालिङमा नि:शुल्क दन्तपरीक्षण सम्पन्न

माईजाेगमाई गाउँपालिका इलाम र नामसालिङ्ग सामुदायिक विकास केन्द्र (NCDC)इलामकाे संयुक्त आयाेजना एबम् स्वास्थ्य तथा बिकास समाज नेपाल (HDSN)/Dhampus Foundation ललितपुरकाे प्राबिधिक सहयाेगमा पुस ७ र ८ गते नि:शुल्क दन्तपरीक्षण, उपचार तथा मुख सम्बन्धी २ दिने विशेषज्ञ स्वास्थ्य परामर्श शीबिर माईजाेगमाई गाउँपालिका ४ नामसालिङ्गमा सम्पन्न भएकाे छ ।

स्थानीय नेपालज्याेति माध्यमिक विद्यालयमा संचालित उक्त शीविरबाट दाँत तथा मुख स्वास्थ्य सम्बन्धी समस्या भएका जम्मा २०२ जना स्थानीय बासिन्दा र बिद्यालय वालवालिकाहरूले सेवा प्राप्त गरेका छन ।

माईजाेगमाई गाउपालिका वडा नं. ४ का वडाध्यक्ष डुरन देवानकाे अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेकाे प्रमुख आतिथ्यता साथै उपाध्यक्ष प्रविना राईकाे विशेष आतिथ्यता , ३ नं वडाका वडाध्यक्ष राम घिमिरे, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू स्थानीय शिक्षक, बुद्धिजीवी र स्थानीयबासीहरूकाे उल्लेख्य उपस्थितिमा शिविर सम्पन्न भएको हो ।

प्राबिधिक सहयाेग गर्नुहुने टाेलीका सदस्यहरूलाई आयोजक नमसालिङ सामुदायिक बिकास केन्द्र र माईजोगमाई गाउपालिकाको तर्फबाट धन्यवाद समेत ब्यक्त गरिएको थियो ।

शीविरमा दाँत तथा मुख स्वास्थ्य र आनीबानी सुधार सम्बन्धी विशेषज्ञ चिकित्सक र सहजकर्ताहरूबाट स्थानीय विद्यालयहरूबाट आएका वालवालिकाहरूलाई सचेतनामुलक अलग अलग ३ वटा विशेष कक्षाहरू समेत संचालन गरिएकाे थियाे ।

Leave a Response