माईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

२ दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम माईजोगमाईमा सम्पन्न

नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्वमा अमेरिकी अन्तर्राष्ट्रिय सहायता नियोग ( USAID / BHA) को सहयोग अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM-UN Migration) मार्फत नेपाल नगरपालिका संघ र गाउंपालिका राष्ट्रिय महासंघ नेपालसँगको सहकार्यमा भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET), लुधरन वर्ल्ड फेडेरेसन् (LWF) र प्राक्टिकल एक्सन् कन्सल्टेन्ट (PAC) ले दुई दिने विपद् जोखिम न्यूनीकरणको स्थानीयकरण सम्बन्धी तालिम माईजोगमाई गाउपालिकामा आज सम्पन्न गरेको छ ।
माईजोगमाई गाउपालिकाका अध्यक्ष , उपाध्यक्ष ,६ वटा नै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, बिषयगत शाखाका शाखा प्रमुख , प्रहरी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

भुकम्प , बाढी पहिरो लगायत बिपदमा परेको बेलामा कसरी बच्न सकिन्छ , मानव बिस्थापनको जटिलता र विविधता , बिपद जोखिमको बित्तिय ब्यवस्था तथा जोखिम हस्ताणतरण , लगायतका बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

माईजोगमाई गाउपालिकामा बिपदबाट बच्ने कुराको चेतना फैलाउन अझै नसकिएको साथै जलवायु नितिहरूलाई पूर्णता दिन नसकिएको अवस्था रहेको समेत माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले बताउनु भएको थियो ।
बिपद ब्यवस्थापन सम्बन्धी घोषणा पत्र समेत आज नै सार्वजनिक गरिएको थियो ।


भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (NSET), लुथरन वल्र्ल्ड फेडेरेसन् (LWF) र प्राक्टिकल एक्सन् कन्सल्टेन्ट (PAC) का अम्बिका हाङबाङ र सनम चापागाईले सहजिकरण गर्नुभएको कार्यक्रम माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Response