
नरेन इलामेली
इलामको माइजोगमाई गाउँपालिकामा करिब ६९ प्रतिशत मत खसेको छ । शुक्रबार सम्पन्न स्थानिय तहको निर्वाचनमा ११ वटा मतदान स्थल र २० वटा मतदान केन्द्र रहेको गाउँपालिकामा ६८. ८५ प्रतिशत मत खसेको निर्वाचन कार्यालय माइजोगमाईले जनाएको छ । गाउँपालिकामा जम्मा १६ हजार ५ सय ६६ मतदाता रहेकोमा ११ हजार ४ सय ६ मत खसेको हो ।
जस अन्तर्गत १ नं वडामा ३ हजार ७ सय ५६ मतदाता रहेकोमा २ हजार ४ सय ९ मत , २ नं वडामा २ हजार २ सय २७ मतदाता मध्ये १ हजार ६ सय ५८ मत खसेको छ भने ३ नं वडामा २ हजार ३ सय ५३ मतदाता रहेकोमा १ हजार ५ सय ९७ मत खसेको छ । त्यस्तै २ हजार ३ सय ७३ मतदाता रहेको ४ नं वडामा १ हजार ७ सय ३२ मत , ३ हजार ९ सय ५१ मतदाता रहेको ५ नं वडामा २ हजार ५ सय ९१ मत खसेको छ भने २ हजार २ सय ६ मतदाता रहेको वडा नं ६ मा १ हजार ५ सय १९ मत खसेको छ ।
कुल खसेको मत मध्ये महिला ५ हजार २ सय ८३ र पुरुष ६ हजार १ सय २३ रहेका छन् ।