समाचार

भुटान शहर र इलाम बजारको भिडियो यसै साता रिलिज हुदै

रोशन काफ्ले

सोमबार , बैशाख १९, २०७९

निशान भट्टराईको स्वरमा रहेको भुटान शहर बोलको गीत सार्वजनिक अन्तिम चरणमा पुगेको छ । शिव खतिवडाको शव्द र निशान सापकोटाले संगित भरेको गीतको म्युजिक भिडियो यसै साता सार्वजनिक गर्ने तयारी रहेको छ ।

पंकज सिग्देलले एरेन्ज गरेको गीतको भिडियो निर्माण मिलन फिल्म प्रोडक्सनले गरेको हो । त्यस्तै निशानकै संगीत भिम गुरुङ्ग र रचना रिमालको स्वरमा रहेको इलाम बजार बोलको गित तथा म्युजिक भिडियो एकैसाथ रिलिज गर्ने तयारीमा रहेको गायक तथा संगितकार निशानले बताए ।

Leave a Response