राजनितिसमाचार

माईजोगमाईमा अध्यक्षको १ स्वतन्त्र बाहेक अन्य सबै स्वतन्त्र उम्मेदवारी फिर्ता

रोशन काफ्ले/नयाँबजार 
बैशाख १६, २०७९,  शुक्रबार 

स्थानीय निर्वाचन २०७९ बैशाख ३० गते हुने माईजोगमाई गाउँपालिकामाको निर्वाचनमा माईजोगमाई गाउपालिका २ नं र ३ नं वडामा नेपाली काङ्ग्रेसबाट असन्तुष्ट भई स्वतन्त्र उम्मेदवारी दिएकाहरुले फिर्ता लिएका छन् ।

उपाध्यक्षका लागि स्वतन्त्रबाट कमला लेप्चा माइजोगमाई २ बाट मन बहादुर बस्नेत लगायत टिमले वडाध्यक्ष सहित सम्पूर्ण टिमले निर्वाचन कार्यालयमा पुगेर फिर्ता लिएका हुन् । माईजोगमाई २ नं वडा गाउँ कमिटी सम्पूर्ण टिमले राजिनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।

यस्तै ३ नं वडाबाट दिएको ५ जनाकाले स्वतन्त्र उम्मेदवारी फिर्ता लिएका छन । पार्टीको निर्णय प्रती असन्तुष्ट जनाउदै पार्टीले आफुखुसी फैसला गरेको भन्दै उनीहरुले स्वतन्त्र उम्मेदवारी दर्ता दिएका थिए । पार्टीको तथा गठबन्धन बिच बसेको छलफलमा गठबन्धनलाई साथ दिने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेस माईजोगमाई गाउँ कमिटी सचिव पदबाट राजिनामा दिएका प्रदिप खडकाले समेत आफ्नो राजिनामा फिर्ता लिएको बताएका छन । गठबन्धनलाई निर्वाचनमा जिताउन आफू लगायत सम्पूर्ण टिमले फिर्ता लिएको खडकाले जानकारी दिए । त्यस्तै वडा नं १ मा स्वतन्त्र बाट वडाध्यक्षमा उम्मेदवारी दिएका पदम भण्डारीले समेत आफ्नो उम्मेदवारी फिर्ता लिएका छन ।

माईजोगमाई गाउँपालिका अध्यक्षका १ स्वतन्त्र बाहेक सबै उम्मेदवारले उम्मेदवारी फिर्ता गरेको निर्वाचन अधिकृत प्रेम कुमार काफ्लेले जानकारी दिए । गत आइतबार र सोमबार निर्वाचन कार्यलयमा माईजोगमाई गाउँपालिका भरी ३२ पदका लागि एमाले ,गठबन्धन राप्रपा र स्वतन्त्र गरि जम्मा ७७ उम्मेदवारी दर्ता भएको थियो ।

स्वतन्त्र उम्मेदवारी फिर्ता सँगै गाउपालिका अध्यक्षमा ४ सहित ३२ पदका लागि ६५ जनाको उम्मेदवारी रहेको निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए । साथै माईजोगमाई गाउपालिका २ नं वार्डबाट नेपाली काङ्ग्रेसकी दलित महिला सदस्यले निर्विरोध जितेकी छन ।

रुपा देवि बिश्वकर्माको विरुद्ध अरु पार्टीबाट कसैले उम्मेदवारी नदिएपछी निर्विरोध जितेकी हुन् ।

Leave a Response