
सरकारले जेठ १ गतेदेखि लागु हुने गरी साताको दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।
मंगलवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएका छन्।
देशमा बढ्दो आर्थिक संकट र इन्धन अभावलाई ध्यानमा राख्दै सरकारले यो निर्णय लिएको हो। पछिल्लो समय इन्धनको भाउ आकासिँदै जाँदा सरकारले खर्च कम गर्ने रणनीति लिएको हो।
आइतवार र शनिबार दुई दिन बिदा दिँदा इन्धन खर्चबाट हुने अर्बौँ घाटा कम हुने तर्क सरकारको छ। यसअघि नै नेपाल आयल निगमले सरकारसँग शनिबार र आइतवार दुई दिन सरकारी विवाद दिने प्रस्ताव अघि सारेको थियो। (नेपालखवर)