माईजोगमाई सेरोफेरो

माईजोगमाई गाउँपालिकाको स्वस्थ्य  क्षेत्रहरूमा सम्पादित स्वस्थ्य कार्यक्रमहरूको बार्षिक समिक्षा सम्पन्न

माईजोगमाई

आर्थिक बर्ष २०८०/०८१ मा माईजोगमाई गाउँपालिकाको स्वस्थ्य  क्षेत्रहरूमा सम्पादित स्वस्थ्य कार्यक्रमहरूको बार्षिक समिक्षा आज माईजोगमाई गाउँपालिकामा सम्पन्न भएको छ । माईजोगमाई आधारभूत अस्पतालका डा. यसमिन शेर्पाको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता ,गाउँपालिका उपाध्यक्ष प्रविना राईको विशेष आथित्यता , साथै  गाउँपालिकाका निमित्व कार्यालय प्रमुख गोकुल संजेल , वडा नं १ का वडासदस्य भक्त बहादुर लिम्बू , स्वस्थ्य कार्यलय ईलामबाट आउनु भएका गंगाधर पण्डित र गोपाल बराल तथा  माईजोगमाई गाउपालिकाको ६ वटा नै स्वस्थ्य संस्था ईन्चार्ज/कर्मचारीहरू लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

माईजोगमाई गाउँपालिकाको उत्कृष्ठ काम गर्ने स्वस्थ्य संस्थालाई सम्मान समेत गरिएको थियो उत्कृष्ट हुने प्याङ प्राथमिक स्वस्थ्य केन्द्र दोस्रो हुने माईजोगमाई आधारभूत अस्पताल र तेस्रो हुने नामसालिङ स्वस्थ्य केन्द्र लाई सम्मान गरिएको हो ।

आज विश्व आत्महत्य रोकथाम दिवस समेत रहेको हुदा माईजोगमाईमा हुने आत्महत्यहरूको कमी ल्याउनको लागि केही  अन्तरक्रिया समेत भएको थियो ।मनमा अत्यधिक निराशाको भावना आएमा निशुल्क हटलाईन नम्बर ११६६ मा सम्पर्कगर्न सकिने समेत राम संकर देवले बताउनु भयो ।

माईजोगमाई गाउँपालिका प्रविधिमा अगाडि रहे पनि केही प्रस्तुतिकरणमा केही सुधार गर्नुपर्ने गंगाधर पण्डितले वताउनु भयो ।
पालिकाको सवै स्वस्थ्य संस्थाहरूकारूका कर्मचारीहरूले आफ्नो जिम्बेवारी पूरा गरे पनि त्यसको डाटा सबै स्वस्थ्य संस्थाले राख्नुपर्ने बताउनुभयो ।

आजको समीक्षा कार्यक्रममा भएको कमीकमजोरीहरूलाई सुधार गरेर अगाडि बढ्नमा पालिका अध्यक्षले सबैलाई निर्देशन गर्नुभयो ।
कार्यक्रममा आफ्नो ब्यास्त समयमा पनि आएर समीक्षा कार्यक्रममा सहभागी भईदिनुभएकोला सबैलाई डा. यसमिन शेर्पाले धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रमको संचालन स्वस्थ्य शाखा प्रमुख राम शंकर देवले संचालन गर्नुभएको थियो ।

Leave a Response