माईजोगमाई खेलकुद बिकास परिषको आयोजनामा संचालन भएको माईजोगमाई वडा स्तरिय महिला फुटबल प्रतियोगिता हिजो सम्पन्न भएको छ । माईजोगमाई गाउपालिकाको ६ वटा नै वडाबाटसहभागि रहेको फुटबल प्रतियोगिताको फाईनल खेल सम्पन्न भएको हो ।
फाईनल खेलमा वडा नं ३ नामसालिङ र वडा नं ५ सोयाङ बिच भएको फाईनल खेलमा खेलको समय अवधी भरमा दुवै टिमबाट कुनै पनि गोल हुन सकेन र खेल ट्राईबेकरमा धकेलिएको हो ।
ट्राईबेकरमा नामसालिङले ३ गोल र सोयाङले २ गोल गर्दै नामसालिङले खेलको नतिजा हात पारेको थियो ।
माईजोगमाई खेलकुद बिकास परिषदका अध्यक्ष देवेन्द्र पौडेलको अध्यक्षता तथा माईजोगमाई गाउपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउपालिका वडा नं ४ का वडाध्यक्ष डुरन देवान , वडा नं ५ का वडाध्यक्ष निर्मलध्वज राई स्थानिय खेलप्रेमीहरूको उपस्थितिमा खेल सम्पन्न भएको हो ।
माईजोगमाईमा रहेका फुटबल खेल्लाडीहरूको खेल प्रतिभालाई बाहिर ल्याउनको लागि माईजोगमाई खेलकुद बिकास परिषदले विभिन्न खेलहरूको आयोजना गर्दै आईरहेको छ ।
अमर कल्याण माबिको खेल मैदानमा सम्पन्न माईजोगमाई वडा स्तरिय महिला फुबल खेल पश्चात् यहि फागुन ७ गतेबाट माईजोगमाई खेलकुद परिषदले माईजोगमाईमा खेल्लाडीहरूलाई बन्द प्रशिक्षणमा राखी खेल प्रशिक्षण गराउने भएको छ ।
ईलाम नगरपालिकामा हुने माईभ्यालि फुटबल क्लवको आयोजनामा अन्तर पालिका महिला फुटबल प्रतियोगितालाई लक्षित गरि बन्द प्रशिक्षण हुने माईजोगमाई खेलकुद बिकास परिषदका सचिव महेश सापकोटाले बताएका छन् ।
माईजोगमाई गाउपालिकाका खेल्लाडीहरूको खेल प्रतिभाको लागि माईजोगमाई गाउँपालिकाले बजेटको ब्यवस्था गरिसकेको र माईजोगमाईका खेल्लाडीहरूको लागि गाउपलिकाले विभिन्न खेलको आयोजनाहरू संचालनको लागि बजेटहरू उपलब्ध गराईरहेको र खेल्लाडीहरूको बृद्दि बिकसको लागि गाउपालिकाले गर्नुपर्ने सहयोगहरू गर्दै आएको गाउपालिका अध्यक्ष कुश बहादुर थेवेले बताएका छन् ।
माईजोगमाई खेलकुद बिकास परिषदको आयोजनामा संचालित वडा स्तरिय फुटबल प्रतियोगितामा फाईनल खेलमा बिजेता टिम वडा नं ३ नामसालिङले नगत रू १५,०००/- सहित ट्रफी मेडल प्रमाण पत्र हात पारेको छ भने उपबिजेता टिम माईजोगमाई ५ सोयङ (शिरिसे)ले नगत रू १००००/- साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको छ ।
दुई दिन संचालन भएको खेल सफल बनाउन सहयोग गर्नुहुने सबैमा माईजोगमाई खेलकुद बिकास परिषदका अध्यक्ष देवेन्द्र पौडेलले सबैमा धन्यवाद ब्यक्त गर्नुभयो । साथै माईजोगमाई गाउपालिका भित्र रहेका खेल्लाडीहरूको लागि खेलकुद बिकास परिषदले विभिन्न खेलहरूको आयोजना गरि खेल्लाडीको बृद्दि बिकासमा सहयोग गर्ने बताउनु भयो ।
add a comment