खेलकुदमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाई गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

माईजोगमाई गाउपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता समापन भएको छ । माईजोगमाई गाउपालिका वडा नं ३ नामसालिङमा रहेको नामसालिङ माध्यमिक बिद्यालयको आयोजनामा गत पौष ६ गतेबाट सुरू भएको प्रतियोगिता पौष ८ गते समापन भएको हो ।

माईजोगमाई भरीका ८ सामुदायिक र १ संथागत गरि जम्मा ९ बिद्यालयहरू सहभागी रहेको प्रतियोतामा ३ स्वर्ण ८ रजत र ५ कास्य पदक सहित अमर कल्याण माबि नयाँबजारले तेस्रो स्थान पाएको छ । , ८ स्वर्ण २ रजत र १ कास्य पदक सहित शिरिसे मावि सोयाङ दोस्रो स्थान हात पारेको छ र १० स्वर्ण ७ रजत र २ कास्य पदक जित्दै नामसालिङ माबि नामसालिङले प्रथम स्थान हात पार्न सफल भएको हो । प्रतियोगितामा भलिभल बिधा र एटलेटिक्स बिधाका खेलहरू संचालन भएको जानकारी रहेको छ ।

कार्यक्रम नामसालिङ माबिका बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष यज्ञनिधि अधिकारीको अध्यक्षता तथा माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यता तथा माईजोगमाई गाउँपालिका उपाध्यक्ष प्रविना राईको बिशेष आथित्यता साथै माईजोगमाई गाउँलिका वडा नं ३ का वडाध्यक्ष राम घिमिरे, वडा नं ४ का वडाध्यक्ष डुरन देवान तथा कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु , शिक्षा शाखा प्रमुख करुणा नेपाल , सामाजिक बिकास शाखा प्रमुख मान बहादुर पौडेल , माईजोगमाई गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत बिद्यालयका प्रधानायपकहरु , शिक्षक बिद्यार्थी तथा माईजोगमाई गाउँपालिका भित्रका बिद्यालयहरुका खेलमा सहभागि बिद्यार्थीहरु लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
खेलको निर्णायकका रुपमा प्रविन राई र रोहित भट्टराई रहेका थिए ।।
साथै आगमी २०८१ सालको राष्ट्रपति रनिङशिलको कार्यक्रम नेपालज्योति माबि माईजोगमाई ४ मा हुने समेत जानकारी रहेको छ ।

कार्यक्रमको फोटोहरू यो लिंकमा हेर्न सकिन्छ  https://m.facebook.com/story.php?story_fbid=pfbid0NtjdE3GmpSpGx4kisijqKZbQJpN3EXBaWf9uvCi4vFyWqP5KbwH5T79ye2tGxBJCl&id=100064777236859&mibextid=Nif5oz

Leave a Response