खेलकुदमाईजोगमाई सेरोफेरोसमाचार

परोपकार गोल्डकपको उपाधि आयोजक लाई

माईजोगमाई गाउपालिका वडा नं ५ सोयाङमा सामुदायिक परोपकार संघको आयोजनामा गत कार्तिक २५ गतेबाट जारी परोपकार गोल्डकपको फाईनल खेल आज सम्पन्न भएको छ ।
माईजोगमाई गाउपालिकाको विभिन्न वडामा फुटबल प्रतियोगिताहरू संचालन भईरहको छ ।
माईजोगमाई गाउपालिका वडा नं ५ सोयाङमा संचालित परोपकार गोल्डकपमा विभिन्न २४ टिमको सहभागिता रहेको थियो ।

माईजोगमाई गाउपालिकाले फुटबल क्षेत्रको बजेट नघटाएको र खेल क्षेत्रको लागि गाउपालिकाले आवश्यक सहयोग गरिरहेको र आगमी दिनमा पनि सहयोग गरिरहने माईजोगमाई गाउपालिका कार्यबहाक अध्यक्ष प्रविना राईले बताउनु भयो ।

तीन तहको क्षेत्रहरू मध्ये जनतासग प्रत्यक्ष रूपमा रहने सबैधानिक ब्यस्तथा भएको र आगमी दिनमा यश क्षेत्रको बिकास निर्माणको बिषयमा यहि बसेर छलफल गर्ने कुरा प्रमुख अतिथिले बताउुनभयो

खेलमा आयोजक परोपकार संघको तर्बाट खेलको पहिलो हाफको १५ मिनेटमा जर्सी नम्बर ११ का शेखर राईले १ गोल गरेर खेललाई अग्रता दिलाए रेड डेविल्स नयाँबजारले पनि पटक पटक गोल गर्ने प्रयास गरेता पनि गोल गर्न सकेन अन्त त आयोजक खेलको बिजेता बन्न सफल भयो ।
आजको खेलको बिजेता टिमले नगद रू ५११५१ साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पार्यो साथै उपबिजेता टिमले नगद रू ४११४१ साथमा ट्रफी मेडल र प्रमाण पत्र हात पारेको थियो ।
साथै उत्कृष्ठ खेल्लाडी, उत्कृष्ठ गोल रक्षक , म्यान अफ द म्याच , उत्कृष्ठ डिफेन्डर लगायतको बिधामा पनि पुरस्कृत गरेको थियो ।

आज नै भेट्रान्स खेल समेत खेलाईएको थियो भेट्रान्स खेलमा टारी भेट्रान्स र कान्दुक भेट्रान्स बिच भएको खेलमा टारी भेट्रान्स बिजेता बन्न सफल भएको थियो ।
आजको खेल सामुदायिक परोपकार संघका अध्यक्ष गजेन्द्र बहादुर चाम्लिङको अध्यक्षतामा साथै प्रमुख अतिथि प्रतिनिधि सभा क्षेत्र नं १ का सांसद महेश बस्नेतको प्रमुख आथित्यता तथा माईजोगमाई गाउपालिका कार्यबहाक अध्यक्ष प्रविना राईको विशेष आथित्यतामा साथै स्थानिय बुद्दिजिवि खेल प्रेमी समाजसेवी तथा बाक्लो दर्शकको उपस्थितिमा सम्पन्न खेलको संचालन आयोजक समितिका धनहाङ लिम्बुले संचालन गरेका थिए ।।

Leave a Response