राेशन काफ्ले
आइतबार, मंसिर ३, २०८०
असल संस्कार र समृद्धिका लागि एनएमसी भन्ने मुल नाराका साथ इलामको माईजोगमाईमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो ३१ औ साधारणसभा सम्पन्न गरेको छ । विभिन्न इकाइ उपइकाई अन्तर्गत हिजो मंसिर २ गते बाट सुरु भएको साधारणसभा सप्ताह अन्तर्गत आज इलामका विभिन्न इकाईका उप-इकाइहरुको साधारणसभा एकैसाथ सम्पन्न भएको हो ।
यसै क्रममा माईजोगमाई गाउँपालिका अन्तर्गत नयाबजार सेवाकेन्द्रले पनि आफ्नो ३१ औ साधारणसभा आज सम्पन्न गरेको छ ।नयाँबजार सेवाकेन्द्रका संयोजक याम रसाईलीको अध्यक्षतामा सम्पन्न साधारणसभामा माईजोगमाई गाउपालिका उपाध्यक्ष तथा कार्यबाहक अध्यक्ष प्रविना राईको प्रमुख आतिथ्यता संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद गौतम माईजोगमाई गाउपालिका वडा न १ का वडाध्यक्ष यामकुमार कार्कीको विषेश आतिथ्यथा शिक्षक कर्मचारी सेयर सदस्य लगायतको उपस्थितिमा साधारणसभा सम्पन्न भएको हो ।
साधारणसभाको उद्घाटन प्रमुख अतिथी गाउँपालिका उपाध्याय प्रविना राईले पानसमा बत्ती बालेर उद्घाटन गरेकी थिइन ।कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले सबैले बचत गर्ने बानी बसाउन आग्रह गरिन ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले सदस्य शिक्षा कार्यक्रम ल्याएको र महिलाहरुमा बोल्न सक्ने व्यक्तित्व विकास भएको र अझ अगाडि यस्ता कार्यक्रम लिएर जान आग्रह गर्दै पालिकाले सहकारीसंग सहकार्य गर्दै अगाडि बढने बताइन ।
संस्थाको स्थापनाकाल देखि आर्थिक बर्ष २०७९/०८० सम्ममा १,५३,८०३ जना सदस्य रहेको संस्थाको हालसम्म कुल सम्पती १३ अरब २ करोड ८ लाख १६ हजार ४ सय २१ रहेको छ भने संस्थाको खुद नाफा २३ करोड २५ लाख ८७ हजार ३ सय ३९ रहेको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले जानकारी दिइन ।
आर्थिक बर्ष २०७९/८० को लेखा प्रतिवेदन संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेका थिए ।हालसम्म ५८ वटा ऋण व्यवसाय संचालनमा आएको र आर्थिक बर्ष २०८०/०८१ मा ८ वटा थप्ने लक्ष्य संस्थाको रहेको साथै संस्थाले हालसम्म ५ वटा व्यवसाय गर्दै आएको र आर्थिक बर्ष २०८०/०८१ मा २ वटा व्यवसाय थप गर्दै लैजाने र मंसिर मसान्तसम्ममा सस्थाको नाफा रकमको १४ करोड मुनाफा रकम संस्थाका सेयर सदस्यहरुलाई वितरण समेत गरिने बचत तथा ऋण व्यवसाय प्रमुख मनिष कोइरालाले बताए ।
कार्यक्रमको संचालन नयाँबजार सेवाकेन्द्र उप-इकाइका कार्यालय प्रमुख सुबास निरौलाले गरेका थिए ।