राजनितिराष्ट्रियसमाचार

बिभिन्न १३ निर्णय गर्दै नेकपा एस चुनाव प्रचार प्रसार समितिको बैठक सम्पन्न

इलाम / असोज ८

नेकपा एकिकृत समाजबादीको प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र नम्बर १ को निर्वाचन प्रचार समितिको प्रथम बैठक बिभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

नेकपा एस इलाम जिल्ला सचिवालय सदस्य एबं निर्वाचन क्षेत्र न १ प्रचार प्रसार समिति सयोंजक सूनपा नगर प्रमुख रण बहादुर राईको अध्यक्षता नेकपा एस केन्द्रीय सहल्लाकार परिषद सदस्य एबं सबिधान सभा सदस्य सूर्योबाला राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश न १ सस्कृंति तथा पर्यटन मन्त्री नेकपा एस केन्द्रीय सदस्य खिनु लङवा लिम्बु , नेकपा एस केन्द्रीय सहल्लाकार सदस्य एलवि सुब्बा , प्रदेश कमिटि सदस्य साबित्रा गडतौला , सोनाम छिरिङ लामा , नेकपा एस जिल्ला उपाध्यक्ष चित्रकला बराईली नगर इन्चार्ज तारा नेपाल नगर अध्यक्ष कमल गदाल लगायत पार्टी पदाधीकारीहरुको उपस्थीति रहेको थियो ।

बैठकमा आगामी मसिंर ४ गते हुने निर्वाचनको लागि बिभिन्न १३ वटा निर्णयहरु भएको छ ।
चुनाव प्रचार प्रसारको लागि रुपेश अर्यालको संयोजकत्वमा कार्यलय ब्यवस्थापन समिति गठन भएको छ समिति सचिव सोनाम छिरिङ लामा सदस्य सावित्रा पोखरेल रहनु भएको छ ।

टेक बहादुर राईको संयोजकत्वमा प्रचार प्रसार समिति गठन भएको छ समिति सह संयोजक वीर बहादुर लाप्चा सचिव प्रेम तामाङ रहनु भएको छ ।

जय कुमार राईको संयोजकत्वमा सामाजिक संजाल परिचालन समिति गठन भएको छ । समिति सहसयोंजकमा राज कुमार दाहाल रहनु भएको छ ।
बृष प्र्धानको संयोजकत्वमा कार्यकर्ता परिचालन समिति गठन भएको छ । समिति सह संयोजक नरमाया सुब्बा सचिव शिशिर आचाृर्य रहनु भएको छ ।
पेमा उगेन लामाको संयोजकत्वा सरकारी तथा अन्य कार्यलय संमन्वय समिति गठन भएको छ । समिति सह संयोजक सुवास राई, सदस्य मिनेश शिवकोटी रहनु भएको छ ।
तारा नेपालको संयोजकत्वमा अन्तर पार्टी बार्ता समन्वय समिति गठन भएको छ । सदसयहरुमा कमल गदाल शिव बस्नेत एक राज घिमिरे लतादेवी अधिकारी रहनु भएको छ ।
शरण राईको संयोजकत्वमा भातृ संगठन परिचालन समिति गठन भएको छ । समिति सह संयोजक डिल्ली आर्चाय सदसय खगेन्द्र बास्तोला , दिपेश राई , प्रिया राई रहनु भएको छ ।

भोगेन्द्र घिमिरेको संयोजकत्वमा यातायात बासस्थान खानेपानी व्यावस्थापन समिति गठन भएको छ । सह संयोजक मदन समाल सदसयहरु अजित राई उदय लवती, युवराज प्रधान, सागर भुजेल रहनु भउको छ ।
तुलसी श्रेत्रीको संयोजकत्वमा प्रगति शील कलाकार परिचालन समिति गठन भउको छ सदसय बृष प्रधान रहनु भएको छ ।

एक राज घिमिरेको संयोजकत्वमा आर्थिक, विपत तथा मेलमिलाप समिति गठन भएको छ । सहसंयोजकमा दिननाथ मिश्र र सदस्यमा रिना राई रहनु भएको छ ।
मदन कुमार खतिवडालाई इनपा १० , रमेश बोखिम राई लाई रोङ गाँउपालिका, शुक बहादुर राईलाई माई नगरपालिकाको प्रचार प्रसार समिति गठन गर्ने जिम्मा प्रदान गरिएको छ ।

बैठकमा बोल्दै कार्यक्रमका अध्यक्ष रण बहादुर राई प्रमुख अतिथी सूर्यबाला राईले समितिमा भए वा नभए पनि एक डिक्का भएर चुनावी प्रचारप्रसारमा लाग्न सबै पार्टी पदाथीकारी सदस्य शुभचिन्तक भातृ सगंठनका सदस्यहरुलाई आग्रह गर्नु भएको छ ।

Leave a Response