गोबिन्द पौडेल / रोङ ईलाम
इलामको रोङ गाउपालिकाको धार्मिक तथा पर्यटकीय स्थल हासपोखरीमा कर्वडहल बनेको छ । करातेको उर्वर भूमी मानिने कुटीडाडा नजिकै रोङ गाउपालिकाको २५ लाख संसदिय बिकासकोष क्ष्लाम क्षेत्र नं १ को ३० लाख प्रखेश नं १ पर्यटन पूवात्रार मान्त्रालयको ८ लाख सहित ६३ लाखको लागतमा निमार्ण भएपछि प्रेमीहरुको लागि उत्साहमात्रै थपेको छैन अन्तराष्ट्रिय स्तरको मापदण्डमा स्थानिय स्थरमा नै खेलको प्रशिक्षण गर्न र गराउन सकिने भएपछि इलामे खेलको स्तरबृद्धिमा सहयोगी बन्ने अपेक्षा रहेको छ ।
कर्वडहलमा मार्सलआर्ट ब्याटमिन्टन टेवलटेनिस लगायतको खेलहरुको प्रशिक्षण हुन सक्ने अपेक्षको साथ रोङकै गौरवको योजना उक्त कर्वडमा शौचालय र चेन्जिङ रुमको समेत निमाण सकिएको वडा नं ३ का वडाध्यक्ष मात्रिका बरालले बताए ।
रोङ खेलकुदको लागि उृर्वर नै रहेको यहाका खेलाडीहरुले देश बिदेशमा गएर खेली सकेका भएपनि आफ्नो ठाउमा सुबिधा सम्पन्न प्रशिक्षण स्थल बनाउने लामो प्रयास आशिक रुपमा पूरा भएको रोङ खेलकुद बिकासका संयोजक बिर्ख सुुब्बम बिक्की को भनाइ रहेको छ । २०४५ सालदेखी निरन्तर निरन्तर कराते खेलको साधनामा लागेर अन्राष्ट्रिय रेफ्रि समेत बनेका योगेस चाम्लििङ आफ्नो लामो योजना पुरा भउको बताउनुहुन्छ । कर्वड हल त बन्यो तर थुुप्रै आवश्यक्ताहरुको खाचो रहेको छ ।धेरावारा पार्क खेलअभ्यासका आधुनिक सामाग्रीहरु, खेलअभ्यासका ऐना, म्याट लगायतको सामाग्रीहरु अभाव भएपनि आफुनिरन्तर रुपमा आवश्यक सामाग्रीहरुको जोहो गर्न लागेको र आगामी सिजनमा प्रथम अन्तराष्ट्रिय आमन्त्रित प्रतियोगीता संचालन गर्न लागि परेकोले सबैको साथ र सहयोग चाहिएको बताए ।
कर्वड हलले खेलअभ्यास मात्रै हैन पर्यटन बिकासलाइ पनि सहयोग गर्ने छ । पाटी सेमिनार सभा र सम्मेलन पनि हलमा गर्न सकिने, सुरम्य हावापानी शान्त बातावरण रहेको ठाउमा राष्ट्रिय र अन्तराष्ट्रिय खेलअभ्यास हुने संभावना प्रचुर रहेको चाम्लिङ्गले बताए ।