राजनितिसमाचार

युवाहरुको प्रतिनिधिको रुपमा कुन्दनको उम्मेद्वारी

रोशन काफ्ले
सोमबार, बैशाख १९ ,२०७९

इलामको माईजोगमाई गाउँपालिकामा २६ बर्षिय कुन्दन अहिले हटकेट बनेका छन् । २६ बर्षिय कुन्दनलाई राप्रपाले उम्मेदवार गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएपछि अहिले उनको चर्चा छ । उनी १० पालिका मध्येका कान्छा अध्यक्षका उम्मेदवार हुन् ।

छत्रमणी पौडेल र निर्मला निरौलाको कोखबाट २०५२ साल असोज १ गते जन्मिएका उनी २०७८ साल देखि कमल थापाको पक्षमा रहेर राजनीति सुरु गरेका थिए । मनी ट्रान्सफर व्यवसायमा संलग्न उनी लक्ष्मी लुघवित्तमा ३ बर्ष जागिरका क्रममा ८ महिना प्रमुखको रुपमा समेत काम गरे ।

सबल समृद्ध र नवीन नेपाल निर्माण गर्न सम्भव राप्रपामा मात्र सम्भव भएकाले सम्पुर्ण युवामा मर्न लागेको राजनिती मोह पुनः जागृत गर्न उम्मेदवारी दिएको उनले बताए । भष्ट्रचारमुक्त स्थानिय तह, जनतालाइ निष्पक्ष र छिटो छरितो सेवा प्रदान गर्दैै आफुले चुनाव जितेको खण्डमा छ महिना भित्र ऐनहरुको परिमार्जन सहित विपन्न वर्ग हितमा काम गर्ने बताए ।

सबै नागरिकलाई अनिवार्य तथा निःशुल्क स्वास्थ विमा, हरेक वडामा स्वास्थ चौकी र निःशुल्क गुणस्तरीय आधारभूत स्वास्थ सेवा सुनिश्चित गर्दै बाल स्वास्थ्य र पोषण कार्यक्रम संचालन गर्ने बताए ।

उनले कृषि उद्योगमा स्थानीय रोजगार प्रर्वद्धनलाई प्रथम प्राथमिकता राख्दै निर्यात मुलक कृषिजन्य उत्पादन, कृषि उत्पादनको सुरक्षित भण्डारका लागि चिस्यान भन्डार, इलाम तथा फिक्कल निकास सहितको कृषि सडक र सहकारी तथा सामुहिक खेती समुहलाइ अनुदानलाई अघि बढाउने बताए ।

खानेपानीको क्षेत्रमा सबै घरधुरीमा आधारभुत खानेपानी सेवा एक घर एक धारा, स्थानीय करको दर परिमार्जन गरि ५०% सम्म कर कटौती गरि न्युनतम करको व्यवस्था गर्ने, युवा तथा खेलकुद क्षेत्रमा आवश्यकताको आधारमा रंगशाला निर्माण मर्मत विस्तार प्रत्येक वडामा खेल मैदान, प्रतिभाशाली खेलाडी तथा प्रशिक्षकलाई उच्च स्तरिय प्रशिक्षण र प्रोत्साहन आफुले प्राथमिकिकरण गरेको बताए ।
कुन्दनले सार्वजनिक – निजि साझेदार बाट युवा लक्षित उद्यम व्यवसाय प्रवद्र्धन राज्यले दिने सेवा सुविधा जात को आधारमा होइन गरिबीको आधारमा वितरण, नागरिकसंग हरेक अन्तरकार्यका लागी हातेमालो गर्न तत्पर तथा युवा जोश जागर र दरिलो हिम्मत भएकाले राप्रपाले उठाएको दाबी गरे ।

Leave a Response