रोशन काफ्ले / नयाँबजार
आइतबार बैशाख १८ २०७९
केही बर्ष अगाडि सडक बाटो भञ्ज्याङ् देउराली डाडा रुखको छहारी तिर गाउघरका घाँस बिसाउने ठाउँ छेउछाउ जता ततै देखिने गरेको पाटी पौवा अथवा साधारण भाषामा भन्दा मानिस बसेर आराम गर्ने ठाउँ चौतारोहरु अहिले बिरलैमात्र देखिने भेटिने गरेका छन । आजकाल हरेक कुराको सुविधा आए सगै यस्ता पाटी पौवा चौतारो लोप हुँदै गएका छन । पहिले सवारिसाधन जताततै नहुदा नपुग्दा मानिसहरु पैदल यात्रा गर्दा बाटोमा थकान मेटन घाम पानीबाट ओत लाग्न बनाइने यस्ता पाटी पौवा सवारी साधन तथा अन्य विभिन्न यन्त्र साधन आए सगै लोप भएर गएको सहजै अनुमान गर्न सकिन्छ । कुनैबेला दुरभास यन्त्र अर्थात फोनहरु गाडी नकुद्दा हिडेर एकठाउको खबर अर्को ठाउमा लैजादा बाटोमा थकान मेटन , यात्राका बेला पानी परेर बस्ने ठाउँ उहिले गाउका सभा भेलाहरु गर्ने यस्ता ठाउँ कसरी लोप हुदैछ ? यसलाई कसरी संरक्षण गर्ने यस्को कति महत्त्व छ ? कसैले ध्यान नदिएका कारण लोप हुँदै तथा कहि कति देखिएका पाटी पौवा सडिएर गएको देख्न सकिन्छ ।
गाउँ घरमा एउटा सेन्टर बनाएर रुखको छ्हारिमुनी पहिले टाढाबाट दाउरा घाँस गर्दा गलेर बस्ने ठाउको रुपमा परिचित अहिले कहि देखिदैन किनकि घाँस काटने मेसिन आएसगै मानिसमा सुविधा थपिएको छ । बाटोमा खासै हिडडुल गर्नु नपर्ने गाडी बाइक भएपछी यस्ता पाटी पौवा झनै लोप हुँदै गएको छ । भएको ठाउको पनि कसैले संरक्षण नगर्दा सडक बिस्तार गर्दा भत्किने बाडी पहिरोले भत्किने भएपछी अहिले लोप भएर गएको छ।
पुराना पुस्ता बाउबाजेले संरक्षण गरेका यस्ता पाटी पौवा अहिलेका नयाँ पुस्ताले त संरक्षण गर्ने परको कुरो यस्को महत्त्व अनि यसलाई वास्ता नगर्ने देखिएको छ । पहिले कुनै गाउँ ठाउँको डाडामा यस्ता पाटी पौवा हुन्थे गाउँ भरिका मानिसहरुलाई भेला गराउनु परे त्यही बाट डाकेर फलानो चौतारी फलानो पाटीमा भेलाहुने भनेर उर्दी गर्ने ठाउहरु अहिले फोन आएसगै लोप भएका छन लामो दुरि बाटोको पैदल यात्रा गर्दा थकान प्यास मेट्ने यस्ता ठाउँ हरु सडकको सुविधा आए सगै कति ठाउको भत्किए कति ठाउको बाडी पहिरोले लगे भने कहि कतै बिरलै देखिने ठाउका पनि भत्केर गएको देख्न सकिन्छ ।
यस्ता चौतारी पाटी पौवाकै नामबाट कति ठाउँको चिनारी छ तर यस्ता बस्तुहरु भत्किएर गएका छन भत्काइएका छन । स्थानिय व्यक्ती समाझ लगायत निकायले पुराना यस्ता चिजहरु लोप हुनबाट बचाउन अनिवार्य देखिन्छ । लोकल सन्देश बाट साभार