
पछिल्ला चार महिनामा महोत्तरीमा २०९ जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । माघ महिनायताका चार महिनामा आमाको नामबाट नागरिकता लिनेको संख्या २०९ पुगेको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जानकारी दिए ।
गत पुस ११ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था गरेको थियो । त्यसपछि पुस २१ मा नेपाल राजपत्रमा सूचना प्रकाशित भएको थियो ।
त्यसलगत्तै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरी यो व्यवस्था कार्यान्वयन गर्न भनेको थियो । सोही क्रममा सबै आवश्यक कागजी प्रक्रिया पूरा गरेर माघ ६ गतेदेखि जिल्ला प्रशासन कार्यालयबाट आमाको नामबाट नागरिकता वितरण सुरु गरिएको प्रजिअ यादवले बताए ।
add a comment





