समाचार

इलामको माईजोगमाईका फुर्वा लागुऔषध सहित पक्राउ

माईजोगमाई खवर

इलामको माईजोगमाई गाउँपालिकाका फुर्वा तामाङ लागुऔषध सहित पक्राउ परेका छन् । माईजोगमाई गाउँपालिका–१ घर भई बिर्तामोड बस्ने २४ वर्षीय तामाङलाई ३ ग्राम ६१० मिलिग्राम सहित प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय भद्रपुर झापा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट जेठ ११ गते खटिएको प्रहरी टोलीले तामाङ सहित भद्रपुर नगरपालिका–५ बाट २९ वर्षीय जहागी शेखलाई २ ग्राम ३०० मिलिग्राम सहित, मेचीनगर नगरपालिका–१० धुलाबारीका २७ वर्षीय गुलाम रसुल मियालाई १ ग्राम ६०० मिलिग्राम सहित, पक्राउ गरेको छ भने इलाका प्रहरी कार्यालय झिलझिलेले ५८६ ग्राम लागू औषध गाँजा सहित शिवसताक्षी नगरपालिका–९ की ४३ वर्षीया आशा चौधरीलाई पक्राउ गरेको हो ।

यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीले इटहरी–१ की ३६ वर्षीया प्रगती खतिवडा, इटहरी–५ का ३१ वर्षीय बिश्वराज राईलाई १० ग्राम ब्राउन सुगर सहित इनरुवा–४ बाट पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीले इटहरी–२ का २९ वर्षीय रविन प्रधान, धरान–२ का १९ वर्षीय अतित भण्डारी र मोरङको सुन्दर हरँचा–४ की अम्बिका ओझालाई ११० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको जनाएको छ ।

यसैगरी अस्थायी प्रहरी चौकी कानेपोखरी मोरङको प्रहरी टोलीले प्र.१–०२–०४८ प १८८४ नम्बरको स्कुटरमा सवार कानेपोखरी–५ का ३३ वर्षीय बिर बहादुर घिसिङ र पछाडी सवार कानेपोखरी–७ का ३७ वर्षीय सन्तोष लिम्बुलाई १२ ग्राम ८८० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । लागू औषध सहित पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।

Leave a Response