बिज्ञान / प्रबिधिसमाचार

ह्वाट्सएपमा अब भिडिओलाई १० सेकेन्ड अघिपछि गर्न मिल्ने

ह्वाट्सएपले भिडिओलाई अघिपछि गर्न मिल्ने (फर्वार्ड र रिवाइन्ड) फिचर ल्याउने भएको छ । वाबेटाइन्फोका अनुसार प्रयोगकर्तालाई भिडिओमा थप नियन्त्रण दिनेगरी ह्वाट्सएपमा यो फिचर आउन लागेकाे हो ।

हाल एन्ड्रोइडका लागि ह्वाट्सएपको बेटा भर्सन २.२३.२४.६ मा उपलब्ध गराइएको यो फिचरबाट भिडिओलाई १० सेकेन्ड अघिपछि गर्न सकिने छ । तर परीक्षणकै क्रममा रहेकाले बेटा टेस्टरहरूलाई मात्र यो फिचर प्रयोग गर्न दिइएकाे छ ।

सबै प्रयोगकर्ताका लागि याे फिचर कहिले सार्वजनिक हुनेछ भन्ने विषयमा ह्वाट्सएपले केही खाेलेकाे छैन ।

यसबाहेक ह्वाट्सएपले गोपनीयता केन्द्रित ‘अल्टरनेटिभ प्रोफाइल’ फिचरमा पनि काम गरिरहेको बताइएको छ । याे फिचर प्रयाेग गरी प्रयाेगकर्ताले वास्तविक प्रोफाइल फोटो र नाम लुकाएर छद्म नाम र फोटो प्रयोग गर्न सक्नेछन् ।

Leave a Response