बिज्ञान / प्रबिधि

युट्युबको मोनिटाइजेसन पोलिसी परिवर्तन, साना कृयटरलाई अझ सजिलो

गुगल मातहतको भिडियो सेयरिङ प्लाटफर्म युट्युबले मोनिटाइजेसन पोलिसीमा केही परिवर्तन गरेको छ । “युट्युब पार्टनर प्रोग्राम” अन्तर्गत साना कृयटरलाई मध्यनजर गर्दै आफ्नो पोलिसी केही खुकुलो बनाएको हो । यस अघि च्यानल मोनिटाइज गर्न १००० सब्स्क्राइबर र ४००० घन्टा वाच टाइम अनिवार्य रहेकोमा अब नयाँ नियम अनुसार ५०० सब्स्क्राइबर र ३००० वाच टाइम भए च्यानल मोनिटाइज हुनेछ । युट्युब सर्ट्सको हकमा पनि भ्युज १ करोडबाट घटाएर ३० लाख बनाएको छ । यसले साना कृयटरलाई निकै फाइदा पुग्ने जानकारी युट्युबले दिएको छ । मनिटाइजेसनको नियम परिवर्तन भए पनि आम्दानी बाँडफाँडको नियम भने हाललाई परिवर्तन भएको छैन । हाल यो नियम अमेरिका , बेलायत , क्यानडा , ताइवान र दक्षिण कोरियामा लागू हुनेछ भने अन्य देशका युट्युबरले भने केही समय पर्खिनुपर्नेछ ।

Leave a Response