अन्तराष्ट्रियबिज्ञान / प्रबिधिमाईजोगमाई सेरोफेरोराष्ट्रियसमाचार

माईजोगमाईमा अव घरैबाट मालपोत र भुमीकर तिर्न सकिने

माईजोगमाई खवर 


माईजोगमाई गाउँपालिका ईलाममा ई-पेमेन्ट ई-हाजिरी तथा ई-सिफारिस सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । माईजोगमाई गाउँपालिकाको आयोजनामा आज गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा माईजोगमाई गाउँपालिकाको सबै शाखा र वडाका कर्मचारीलाई अनलाईनको तालिम दिईएको हो ।

अब गाउँपालिकाबासीले घरैमा बसेर अनलाईन मार्फत राजश्ज भुक्तानी गर्न सकिने कुरा गाउँपालिकाका राजश्व प्रमुख अशोक लिम्बुले जानकारी दिनुभयो ।

गाउँपालिका बासीले पहिलो पटक वडामा गएर आफ्नो मालपोत र भुमीकरको संकेत नम्बर बनाएर अर्को पटकबाट वडामा जानुपर्ने बाध्यता हटेको र आफुलाई चाहिएको समयमा मालपोत तथा भुमीकरको रसिद लिन सकिने भएको छ ।

माइजोगमाइ गाउँपालिका वडा नम्बर १ निवासी चन्द्रकला राइको इसेवा मार्फत कर भुक्तानी गरि इपेमेन्टको उद्घाटन गाउँपालिका अध्यक्ष श्री कुश बहादुर थेबे र प्रमुख प्रशासकीय अधिकृत काजीमान राइद्वारा भएको हो ।

Leave a Response