इरानको खतरनाक सर्त, तेल चाहिने भए डलर छोडेर चिनियाँ ‘युआन’ मा भुक्तानी गर, डलरको वर्चस्व संकटमा!
माईजोगमाई खवर

इरानले विश्व ऊर्जा बजारलाई नै हल्लाउने गरी ‘डि-डलराइजेशन’ (De-dollarization) को यस्तो खतरनाक हतियार चलाएको छ, जसले वासिङ्टनमा तरंग पैदा गरेको छ। होर्मुज जलमार्गबाट तेल ट्याङ्करहरूलाई सुरक्षित जान दिने बदलामा उसले एउटा अकल्पनीय सर्त अघि सारेको छ: अब तेलको हरेक कारोबार अमेरिकी डलरको सट्टा चिनियाँ मुद्रा ‘युआन’ मा हुनुपर्नेछ। यो कदमले अमेरिकी डलरको दशकौँ पुरानो विश्वव्यापी वित्तीय प्रभुत्वलाई सिधै चुनौती दिएको छ।
अहिले भारत, चीन र अन्य एसियाली देशका दर्जनौं ट्याङ्करहरू होर्मुजको समुन्द्रमै अड्किएका छन्। यदि विश्वका ठूला तेल आयातकर्ता देशहरूले इरानको यो सर्त स्वीकार गरे भने, अमेरिकी आर्थिक साम्राज्य सधैंका लागि ढल्न सक्छ। इरानको यो नीतिले चीनलाई विश्वको नयाँ आर्थिक केन्द्र बनाउने र अमेरिकाले लगाएको वित्तीय नाकाबन्दीलाई पूर्णतः अर्थहीन बनाइदिने स्पष्ट लक्ष्य राखेको छ। के विश्व अब डलर बिनाको नयाँ आर्थिक युगमा प्रवेश गर्न तयार छ? यो केवल इन्धनको लडाइँ मात्र होइन, यो विश्वको मुद्रा बजार कब्जा गर्ने ठूलो युद्ध हो।





