अन्तराष्ट्रियपर्यटनराष्ट्रियसमाचार

जेठबाट बन्द भएको इलामको सुकिलुम्बा विमानस्थल संचालनका लागि राप्रपाको विरोध प्रदर्शन

रोशन काफ्ले / ईलाम

राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आयोजनामा आज इलामको सुकिलुम्बा विमानस्थलमा सांकेतिक विरोध प्रदर्शन गरेको छ । आज असार ३२ गते शनिबार राप्रपा निकट विद्यार्थी संगठनले ०७९ जेठ ६ गतेबाट विभिन्न कारणले सन्चालनमा नरहेकाे विमानस्थल सन्चालन गराउन साङ्केतिक विराेध स्वरुप कागजकाे हवाईजहाज उडाउने कार्यक्रम गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी इलामका जिल्ला सदस्य कुन्दन पौडेलले जानकारी दिए।

३० कराेड बडिको लगानीमा निर्माण गरिएको उक्त विमानस्थल गत फागुन १ गते पुर्व सस्कृती तथा पर्यटन मन्त्री प्रेम आले इलाम क्षेत्र नं १ का सांसद पुर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल प्रदेश नं १ कि पर्यटन मन्त्री खिनु लङवा लिम्बू लगायतको संयुक्त उपस्थितिमा सुकिलुम्बा विमानस्थल उद्घाटन गरिएको थियोे ।उद्घाटन गरिएको लेहि महिना नपुग्दै विमानस्थलको धवान मार्ग दविएकाे ,चर्किएको कारणले गर्दा खवरदारि अभियान गरिएको राष्ट्रिय प्रजातन्त्र पाटिका जिल्ला सदस्य पाैडेलले जानकारी दिए।

विरोध तथा खबरदारी कार्यक्रममा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगठनका जिल्ला सदस्य गायत्रि दाहाल,राष्ट्रिय प्रजातन्त्र पाटिका जिल्ला उपाध्यक्ष माया भट्टराई ,राष्ट्रिय प्रजातन्त्र पाटि भु पु सैनिक सगठन जिल्ला अध्यक्ष राजेन्द्र चाैहान ,प्रदेश सदस्य टिकाराम चाैहान, क्षेत्र न १ अध्यक्ष अजय पारुहाङ र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सगठन जिल्ला अध्यक्ष विपिन दाहाल लगायतको उपस्थितिमा विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको हो ।

गत जेठमा तारा एयरको ट्विनअटर विमान दुर्घटना भए पश्चात् इलामबाट नियमित रुपमा हप्ताको २ दिन हुँदै आएको उडान बन्द भएको हो । सुकिलुम्बा विमानस्थल इलाममा तारा एयरले आफ्नो उडान भर्दै आएको थियो ।

Leave a Response